नेपाल र बङ्गलादेशबिच विद्युत् सेवा विस्तारबारे छलफल
Posted on: Dec 08, 2016


काठमाडौं, मंसिर २३ – बङ्गलादेशको भ्रमणमा रहनु भएका ऊर्जामन्त्री जनार्दन शर्माले बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबिच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गर्नु भएको छ । बुधबार बेलुका भएको शिष्टाचार भेटमा उहाँहरूबिच नेपालसँग विद्युत्को प्रचूर सम्भावना रहेको र बङ्गलादेशमा ठूलो परिमाणमा विद्युत्को माग भएकाले दुई देशबिच विद्युत् सेवा विस्तार गर्नेबारे सम्झौता गरी अघि बढ्ने विषयमा कुराकानी भएको थियो । 

भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विविध विषयमासमेत छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे तथा बङ्गलादेशका लागि नेपाली निमित्त राजदूत डिल्लीप्रसाद आचार्य र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिजमन्त्री नसु्रल हमिद, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोहर रि ज्वी, परराष्ट्र मन्त्राल तथा विद्युत्, ऊर्जा तथा खनिज मन्त्रलायका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो । रासस


Comments