उपभोक्ता वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउने सरकारको मापदण्डको निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकद्वारा विरोध
Posted on: Apr 04, 2017


सिन्धुपाल्चोक, चैत-२२,  निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकले उपभोक्ता वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउने सरकारको मापदण्डको विरोध गरेको छ ।
सरकारले २०७३ फागुन २६ गते सार्वजनिक खरिद नियमावली पाँचौं संसोधन गरेर रु १ करोडसम्मको योजनाहरु उपभोक्ताहरु मार्फत काम गराउने नियमावली ल्याएपछि उक्त नियमावलीको विरोध गरेपछि निर्माण व्यवसायीहरुले आन्दोलन गर्न लागेका हुन् ।
 

निर्माण व्यवसायी संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायि संघ सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापाले हामीले केवल सरकारले निर्माण व्यवसायीहरुको हित विपरित राजनीतिक कार्यकर्ताहरुलाई पालनपोषण गर्न सहज हुने तरिकाले ल्याएको संसोधनको विरोध गरेको हो भन्नुभयो ।
उहाँले विभिन्न राजनीतिक दलका नेताहरुले विनियोजन गरेको विकासे बजेट कार्यक्रममा आआफ्नो कार्यकर्ताहरुलाई उपभोक्ता समिति मार्फत काम गर्ने वातावरण सिर्जना गरेको र नेपाल सरकारलाई कर भ्याट तिरेर काम गरिरहेको निर्माण व्यवसायीलाई पाखा लगाएको आरोप समेत लगाउनुभयो ।
पत्रकार सम्मेलनपछि थापाकै नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्फत विरोध पत्र समेत बुझाएका छन् । 


Comments