सिन्धुपाल्चोकमा नमुना भवन गाउँपालिकालाई हस्तान्तरण
Posted on: Apr 07, 2017


 

सिन्धुपाल्चोक, चैत २५ –  जिल्लामा कार्यरत गैरसरकारी संस्था जनहित ग्रामिण सेवा समितिले अक्सफामसंग साझेदारीमा सञ्चालीत आवास कार्यक्रम अन्तरगत साबिकका पाङताङ्, बराम्ची र हगाम गाविसमा निर्माण सम्पन्न भएका तीन नमुना भवन जुगलगाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।  

केही समय अघिनिर्माण सम्पन्न भएका भवनहालै स्थानिय वडा कार्यालय मार्फत हस्तान्तरण गरिएको कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । “हामीले ६ हप्ते डकर्मी तालिमका क्रममा निर्माण सम्मपन्न भएका नमुना भवन हस्तान्तरण गरेकाहौं, जुगलगाउँपालिका वार्ड नं ४ पाङताङ्, र जुगलकै वार्ड नं ५ बराम्चीमा बनेका भवनमा वडा कार्यालय बस्ने भएको छ, न्यौपानेले भन्नुभयो जुगलगाउँपालिका वार्ड नं ६ मा बनाईएको नमुना भवनमा भने स्थानिय नागरिक सचेतना केन्द्रलाई हस्तान्तरण गरिएको छ ।”तीनवटै स्थानमा भूकम्प प्रतिरोधी घर बनाउने तालिमका क्रममा ती नमुना भवन बनाईएका थिए । 
नमुना भवन निर्माणमा प्रत्यक्ष सहभागी आवास अधिकृत प्रसन थापाका अनुसार तीन स्थानमा २०, २० जनाका दरले डकर्मी तालिमका लागि इच्छुक महिला पूरुषलाई सहभागि गराएर तालिम दिईएको थियो । सोही तालिमका क्रममा नमुना घर निर्माण सम्पन्न भएको हो । बनाईएका तीनवटै भवन सरकारले डिजाईन गरेको मध्य एस एम सी १.२ डिजाईनको रहेको उहाँले जानकारी दिनुभयो । बराम्चीको ढाँडेमा बनेको भवनको साँचो  बुझ्दै जुगलगाउँपालिका निमित्त प्रमुख ध्रुबथापाले नमुना भवनमा ५ नं वडा कार्यालय राखिने बताउनुभयो । डकर्मी तालिम संगै भवन निर्माण गरि गाउँपालिकालाई सुम्पिएकोमा जनहित र अक्सफामलाई धन्यवाद दिंदै थापाले नमुना योग्य काम जारी राख्न आग्रह गर्नुभयो । यस्तै भवनको साँचो जिम्मालिंदै जुगलगाउँपालिकावार्ड नं ४ पाङताङ्का सहायक सचिव चन्द्र विक्रम सिलवालले सोही भवनमा वडा कार्यालय स्थापनागरिने बताउनुभयो । उहाँले जनहित र अक्सफामलाई धन्यवाददिंदै नमुना भवन निर्माणका क्रममा स्थानियले बलियो घर बनाउन सिकेकोमा खुसी व्यक्त गर्नुभयो । यसै विच जुगलगाउँपालिका ६ हगाममा बनेको भवनमा भने नागरिक सचेतना केन्द्रले लिएको छ । सो भवनमा नागरिक सचेतना केन्द्रको नियमित बैठक बस्ने, महिला समिति र अन्य गाउँस्तरीय बैठक बस्ने सचेतना केन्द्रले जनाएको छ । 
आवास कार्यक्रम अन्तरगत जनहितले अक्सफामको सहयोगमा डकर्की, सिकर्मी, बिजुली सम्बन्धी तालिम र बलियो घर बनाउन सचेतनामुलक कार्यक्रम गरेको जहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिनुभयो । भूकम्पपछि जिल्लामा कार्यरत विभिन्न संस्थाले बलियो घर निर्माणका लागि काम गरिरहेपछि यो पर्यात्तभने हुन नसकेको स्थानियको भनाई छ । 


Comments