ठूलोसिवारी पूर्ण खोप सुनिश्चित घोषणा हुदै
Posted on: Apr 09, 2017


सिन्धुपाल्चोक, चैत २७ - आगामी चैत्र ३१ गते चौतारा साँगाचोक गढी नगरपालिका १३ र १४ लाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने भएको छ ।
स्वास्थ्य चौकी ठूलोसिवारीका व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

 

उक्त कार्यक्रमको प्रभावकारीताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसमा प्रचारप्रसार समितिको संयोजकमा नेत्रबहादुर बस्नेत, व्यवस्थापन सम्बन्धी शिव पुरी, मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापनमा हरिविक्रम नेपाल, सांस्कृतिक तथा मनोञ्जनात्मक कार्यक्रमको संयोजकमा रेणुका खड्का र कमल नेपाल, खाजा खानाको व्यवस्थापनको संयोजकमा ठाकुर गिरी लगायतका विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
साविक ठूलोसिरुवारी गाविस हाल चौतारा साँगाचोक गढी नगरपालिका १३ र १४ को संयुक्त पूर्ण खोप सुनिश्चित कार्यक्रम भव्यतापूर्वक सम्पन्न गर्नका लागि विद्यालय, टोल–टोलबाट विभिन्न ¥याली सहित कार्यक्रममा सहभागि हुने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख शिव पुरीले बताउनुभयो ।


Comments