नेत्रज्योतीले ठूलोसिरुवारीमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने
Posted on: Apr 09, 2017


सिन्धुपाल्चोक, चैत २७ - नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडले ठूलोसिरुवारीमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
नेत्रज्योत कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतको अध्यक्षतामा हिजो बसेको सर्वदलीय र सर्वपक्षिय भेलाले उक्त निर्णय गरेको हो । विश्व खाद्य कार्यक्रम जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकको सहयोगमा ठूलोसिरुवारीको १० वटा विद्यालयमा दिवा खाजा व्यवस्थापन गरिरहेको नेत्रज्योती कृषि सहकारी संस्थाले चैत ३१ गतेदेखि बैशाख ६ गतेसम्म वृहत्तर भर्ना सप्ताह अभियान सञ्चालन गर्ने भएको छ ।

उक्त अभियान भित्र तत्कालिन ठूलोसिरुवारी गाविस चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. १३ र १४ भित्र रहेका कुनै पनि बालबालिकाहरु कुनै पनि कारणले विद्यालय जानबाट वञ्चित नरहुन् भनेर उक्त अभियान सञ्चालन गर्न लागिएको संस्थाका सचिव बस्नेतले बताउनुभो ।
हिजो भएको विभिन्न राजनीतिक दल, विद्यालय शिक्षक, प्रअ र प्रतिनिधिहरुको बैठकले समेत नेत्रज्योती कृषि सहकारी संस्थाले गरेको अभियानलाई सहयोग गर्ने भएको छ ।
त्यसैगरी साविक ठूलोसिरुवारी गाविस चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. १३ र १४ मा रहेको विभिन्न विषयमा कार्यरत गैर सरकारी संघ संस्थाहरु (एनजीओ÷आइएनजीओहरु)को समन्वय समितिले समेत विद्यार्थी भर्ना अभियानमा लागि परेकोमा सहकारी संस्थालाई धन्यवाद दिँदै उक्त अभियानमा आफ्नो तर्फबाट सहयोग पु¥याउने निर्णय गरेको छ ।
नयाँ शैक्षिक सत्र सुरुदेखि अझ प्रभावकारी ढंगले दिवा खाजा व्यवस्थापन गर्नका लागि दिवा खाजा सहयोगीहरुको बैठकले विभिन्न निर्णय समेत गरेको छ । डडुवा भवानी शंकर मावि डडुवामा हिजो भएको १० वटै विद्यालयका खाजा व्यवस्थापन सहयोगीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
सहकारीको सिद्धान्त अनुसार र विश्व खाद्य कार्यक्रम र जिल्ला शिक्षा कार्यालयको निर्देशन अनुसार स्तरीय रुपमा दिवा खाजा व्यवस्थापन गर्ने विश्व खाद्य कार्यक्रम र जिल्ला शिक्षा कार्यालयको नीति, निर्देशन र सहकारी सिद्धान्त विपरित कसैले पनि काम गर्न नहुने बैठकमा निर्णय भएको छ ।
विश्व खाद्य कार्यक्रम ठूलोसिरुवारीका सम्पर्क व्यक्ति सन्तोषी बस्नेतले सहजिकरण गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रममा सहकारीका सबै कर्मचारी, पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।


Comments