चौतारा साँगाचोक गढी नगरपालिकामा रहेका फोहोरहरु पुनः व्यवस्थापन हुन थाल्यो
Posted on: Apr 13, 2017


सिन्धुपाल्चोक, चैत ३१ - सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोक गढी नगरपालिकामा रहेका फोहोरहरु  पुनः व्यवस्थापन हुन थालेको छ । नगरपालिका सुरु भएसँगै नगर सुधार समितिले चौतारा बजारका फोहोर संकलन गरी व्यवस्थापन गर्न सुरु गरेको थियो । बीचमा केही महिना रोकिएको व्यवसथपन फेरी  सुरु भएको संस्थाका सचिव लुमडीबहादुर पौडेलले बताउनुभयो ।
तत्कालिन चौतारा नगरपालिकाले फोहोर व्यवस्थापनमा खासै चासो नदेखाएको कारण पनि फोहोर व्यवस्थापनमा समस्या पुगेको थियो । दुई हप्ताभन्दा लामो समय फोहोर संकलन रोकिएपछि चौतारा साँगाचोक गढी नगरपालिकाका कार्यकारी अधिकृत र नगर सुधार समितिका पदाधिकारीबीच छलफल भएपछि पुनः फोहोर व्यवस्थापन गर्न लागिएको नगर सुधार समितिका सचिव पौडेलले बताउनुभयो ।


Comments