​निर्वाचनमा वालवालिकाको प्रयोग नगर्ने सिन्धुपाल्चोकका दलहरुको प्रतिवद्धता, प्रतिवद्धता पत्र सहित।।
Posted on: Apr 13, 2017


 
सिन्धुपाल्चोक, चैत, ३१ - आगामी वैशाष ३१ हुन लगिरहेको स्थानिय निर्वाचनमा वालवालिकाको प्रयोग नगर्ने सिन्धुपाल्चोकका दलहरु ले प्रतिवद्धता जनाएका छन् । चौतारामा भएको कार्यक्रममा आज सिन्धुपाल्चोकमा क्रियाशिल दलहरुले ८ वुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिवद्धता जनाएका हुन् । बालवालिकाको पढाईमा प्रत्यक्ष असर पार्ने गरि कुनै किसिमको कार्यक्रम विद्यालय हाताभित्र नगर्ने, वालवालिका लाई कुनैपनि प्रचार सामाग्रीको ओसार पसार र टाँस्न लाई प्रयोग नगर्ने, पार्टिको धोषणा पत्रमा वालवालिका लाई प्रयोग नगर्ने, वालवालिकाको हित विपरितका कुनै पनि काम नगर्ने र वालवालिका सम्वन्धी ऐन कानुन प्रति प्रतिवद्धता जनाउँदै जिल्लाका दल हरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । जिल्ला वाल कल्याण समिति र जिल्ला वाल संजालको आयोजनामा आयोजित कार्यक्रममा दलका प्रतिनिधि लगाएत सरोकार वाला निकायका प्रतिनिधिहरुले वालवालिकाहरु लाई चुनावी कार्यक्रम वाहेकका संध संस्था लगाएतका अरुको कार्याक्रममा पनि प्रयोग नगर्न समेत सुझाए । दलहरुले प्रतिवद्धता जनाए अनुसार काम गरे नगरेको अनुगमन गर्नका लागि अनुगमन समिति समेत कार्यक्रमका विच गठन गरिएको छ । 


Comments