विश्वकप छनोट फुटबलअन्तर्गतको खेलमा पोर्चुगलको सानदार जीत
Posted on: Oct 08, 2016


असोज २२, सिन्धुपाल्चोक, विश्वकप छनोट फुटबलअन्तर्गत्  शुक्रबार राति भएको खेलमा पोर्चुगलले सानदार जीत हासिल गरेकोछ । पोर्चुगलको घरेलु मैदानमा अन्दोरासँग भएको खेलमा  पोर्चुगलले ६-० को सानदार जीत निकालेको हो । क्रिस्टियानो रोनाल्डोलको ४, कान्सेलो र सिल्वाको १, १ गोलको मद्दतमा  पोर्चुगलले ६ गोल गरेको हो ।

समूह ‘ए’को खेलमा फ्रान्सले घरेलु मैदानमा बुल्गेरिया लाई ४-१ गोल अन्तरले हराएको छ भने  स्वीडेनले लग्जेम्बर्ग लाई १-० गोल अन्तरले  पाखा लगाएको छ तथा नेदरल्यान्ड्सले घरेलु मैदानमा बेलारुस लाई ४-१ गोल अन्तरले हराएको छ ।

त्यस्तै, समूह ‘बी’को खेलमा हंगेरीले आफ्नै मैदानमा स्वीट्जरल्यान्डसँग २-३ गोल अन्तरको हार बेहोरेको छ , लात्भिया पनि  घरेलु मैदानमा फारोइ आइल्यान्डसँग ०-२ गोल अन्तरले पराजित भएकोछ  ।

त्यस्तै, समूह ‘सी’को खेलमा बेल्जियमले बोस्निया हर्जगोविना ४-० को फराकिलो गोल अन्तरले हराएको छ , इस्टोनियाले जिब्राल्टार लाई पनि ४-० को फराकिलो गोल अन्तरले हराएको छ  तथा ग्रीसले साइप्रस लाई २-० गोल अन्तरले हराएको छ  ।

येसैगरि समूह E अन्तर्गत अफ्रिकन टिम घाना र यूगान्दाले बराबरी खेलेका छन् ।

 


Comments