सिन्धुपाल्चोकमा पनि हाट बजार संचालन
Posted on: Apr 15, 2017


देवराज सुबेदी, सिन्धुपाल्चोक, बैशाख - २ - नयाँ वर्ष २०७४ को अवसर पारेर पाँचपोखरी थाग्पालकोट रैथानेमा हिजोदेखि हाटबजार सञ्चालन गरिएको छ । स्थानीय स्तरमा उत्पादन गरेको समाग्रि स्थानियस्तरमा नै विक्रि तथा खरिद गर्न सहज बनाउने उदेश्यले  हाट बजार सञ्चालन गरिएको हो । अबदेखि प्रत्येक हप्ताको शुक्रबार थाग्पालकोट रैथानेमा हाटबजार लाग्ने आयोजकले जनाएको छ । हाट बजारको पहिलो दिन स्थानियहरुले बच्चाहरुको खेलौना, जुत्ता, प्याज, लसुन, मह, ध्यु, माछा, जडिबुडिलगाएतका स्थानिय सामाग्रीहरु प्रदर्शनमा राखेका थिए । अब आगामि दिनको साप्ताहिक हाटबजारमा स्थानिय स्तरमा आवश्यक सम्पुर्ण सामाग्रीहरु राखिने  प्रवेश तामाङले जानकारी दिनुभयो 


Comments