चौतारा टुँडिखेलमा निशुल्क सामुदायिक इन्टरनेट सेवा आजबाट सुरु
Posted on: Jun 23, 2017


सूचना प्रविधिमैत्री नगरपालिका निर्माण अभियान अन्र्तगत आजबाट चौतारा टुँडिखेलमा निशुल्क सामुदायिक इन्टरनेट सेवा उपलब्ध गराईएको छ ।रेडियो सिन्धु, कम्प्युटर एसोसिएसन नेपाल सिन्धुपाल्चोक र चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा चौताराको टुडिँखेलबाट इन्टरनेट सेवा उपलब्ध गराईएको हो । सर्वसाधारणमा सूचनाको पहुँच बृद्धि गर्ने उद्देश्यका साथ निशुल्क इन्टरनेट सेवा आजबाट परीक्षण प्रारम्भ गरिएको हो । यसबाट नगरबासीहरुमा आधुनिक सूचना प्रविधिको पहँुच वृद्धि हुने विश्वास लिईएको रेडियो सिन्धुका स्टेशन म्यानेजर रत्न प्रसाद श्रेष्ठले बताउनुभयो । रेडियो सिन्धु र क्यानको भौतिक सहयोगमा सञ्चालन सुरु गरिएको निशुल्क सामुदायिक इन्टरनेट सेवाका मासिक शुल्क भने चौतारा साँगाचोकगढि नगरपालिकाले तिर्ने भएको छ ।  


Comments