जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकद्रारा गत आर्थिक वर्ष सम्म दर्ता भएका मध्य उत्कृष्ठ सामुदायिक वन र कवुलियति वन समुह पुरस्कृत
Posted on: Jul 12, 2017


जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकले आ.व. ०७३÷०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन कार्यालयमा गत आर्थिक वर्ष सम्म दर्ता भएका मध्य उत्कृष्ठ सामुदायिक वन र कवुलियति वन समुहलाइ पुरस्कृत गरेको छ ।५१८ वटा सामुदायिक वन उपभोक्ता समूह र ४०३ वटा कवुलियति वन समूहहरु मध्ये जिल्ला वन कार्यालयले तय गरेको समूह छनौटका आधारहरुको विष्लेषण गरी पुरस्कृत गरीएको जिल्ला वन कार्यलय सिन्धुपाल्चोकले बतायको छ ।सामुदायिक वन तर्फ सुकसुका चिलाउने सामुदायिक वन उपभोक्ता समूह साविक जलविरे गा.वि.स. ३,,८ प्रथम, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा रहेको कार्काेटार साठीमुरे सामुदायिक वन उपभोक्ता समूह, द्धितिय र साविक पिस्कर गा.वि.स. वडा नं. १,,,७मा रहेको दादर सामुदायिक वन उपभोक्ता समूहले तृतिय स्थान प्राप्त गरी पुरस्कृत भएका छन्रपुरस्कार स्वरुप क्रमस रु.  १०,०००।–, ६०००।र ४०००।रकम प्रदान गरीएको छ । यता कवुलियति वन तर्फ मेलम्ची नगरापालिका वडा नं. १० शिखरपुरमा रहेको पराजुलीडाडाँ कवुलियति वन समूह प्रथम, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा रहेको रुम्टा आहालडाडाँ कवुलियति वन समूह द्धितिय र साविक मानेश्वाँरा गा.वि.स.३ मा रहेको चुत्रोपोल्ने ढुङ्गा कवुलियति वन समूह ले तृतिय स्थान हासिल गरेका छन् । कबुलियति वन तर्फपनि पुरस्र्कृत लाइ क्रमशः रु. ७,०००।–, ५०००।र ३०००।–  रकम प्रदान गरीएको जिल्ला वन कार्यालयले जनाएको छ । साथै पराजुलिडाडाँ कवुलियति वन समूहले राष्ट्रिय स्तरको कवुलियति वन राष्ट्रिय पुरस्कारमा समेत तेस्रो स्थान हासिल गरी रु. ५०,०००।रकम प्राप्त गरेको छ ।


Comments