साउन १ गतेदेखि नै बोलकवोल अनुसार विक्री तथा निकासी कर उठाउन सुरु
Posted on: Jul 12, 2017


जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आ.व ०७४÷०७५ को लागि दहत्तर बहत्तरको आन्तरिक आय तर्फको सिलबन्दी बोल पत्र आव्हान गरेकोमा जिल्ला भित्रको विक्री तथा निकासी र सडक कर उठाउने जिम्मा ठेकेदार कम्पनीहरुले पाएका छन् । आगामी साउन १ गतेदेखि नै बोलकवोल अनुसार विक्री तथा निकासी कर उठाउन सुरु गरिने भएको छ ।जिल्ला समन्वय समितिका नायब सुब्बा गोविन्दप्रसाद नेपालका अनुसार बोलपत्र आव्हान गरेको मध्ये सुनकोशी नदी त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनदेखि टेकानपुरसम्मको क्षेत्र उत्पादन, विक्री तथा निकासी करको बोलपत्र परेको छैन । जिल्ला समन्वय समितिको आन्तरिक आय तर्फको २०७४÷७५ को लागि जेठ १४ गते बोलपत्र आव्हानको सूचना गरेको थियो ।


Comments