मेलम्चीमा रहेको नेपाल बैंक, लिमिटेड शाखामा रकम अभाव भएपछि बैंक सेवा प्रभावित
Posted on: Jul 12, 2017


सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा रहेको नेपाल बैंक, लिमिटेड शाखामा रकम अभाव भएपछि बैंक सेवा प्रभावित भएको छ । आर्थिक वर्षको अन्त्यतिर विभिन्न संघ संस्था तथा उपभोक्ता समितिको भिड बढेपछि बैंकमा रकम अभाव सृजना भएको हो । चेक साट्न पुगेका धेरैजसो सेवाग्राही बैंकले पैसा सकियो भनेपछि रित्तोहात फर्किन थालेका छन् । शाखाले आर्थिक व्यवस्थापन गर्न नसकेर पुर्ननिर्माणका लागि दोस्रो किस्ता लिन पुगेका सेवाग्राहीलाई समेत रित्तो हात घर फर्काएको छ । बैंकले अरु समयको भन्दा बढि नगद ल्याएर राख्नुपर्नेमा कम राखेको भन्दै सेवाग्राहीले आपत्ती जनाएका छन् ।


Comments