पाँचपोखरी थाङपाल गाउँपालिका अन्तरगत माझीरुम्टी–टार–लेखर्क–गुन्सा–रैथाने मोटर बाटोको नाम परिवर्तत गर्नेे निर्णय प्रति स्थानीय बाटो उपभोक्ताहरु असहमत
Posted on: Jul 17, 2017


पाँचपोखरी थाङपाल गाउँपालिका अन्तरगत माझीरुम्टी–टार–लेखर्क–गुन्सा–रैथाने मोटर बाटोको नाम परिवर्तत गरी युक्त बहादुर मार्ग कायम हुने गरी भएको निर्णय प्रति स्थानीय बाटो उपभोक्ताहरुले असहमति जनाएका छन्र ।पाँचपोखरी थाङपाल गाउँ पालिकाको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम गर्नकालागि आषाढ २८ गते बसेको प्रथम गाउँ सभा बैठकबाट यो मोटर बाटोको नाम परिवर्तत गरी युक्त बहादुर मार्ग कायम गरेको थियो । स्थानीय उपभोेक्ताहरु रहेको मोटर बाटो निर्माण समितिले विभिन्न सरकारी तथा गैरसरकारी संस्था र निकायहरुको आर्थिक सहयोग र स्थानीयहरुको आर्थिक सहयोग एवं जनश्रमदान संकलन गरी निर्माण गरिएको उक्त बाटोको हालै गाउँपालिकाको बैठकको निर्णयबाट दलगत र व्यक्तिगत स्वार्थ सिद्धीकालागि गरिएको नाम परिवर्तन प्रति सरोकार वालाले असहमति जनाएका हुन् ।स्थानीयको पहल र प्रयासमा निर्मित उक्त सडक कृषि सडकको रुपमा समेत दर्ता रहेको तथा साविक जिल्ला विकास समितिमा विधिवत् दर्ता भई आएकाले तत्काल सँचाउनुपर्ने थाङपाल युवा सरोकार समितिका अध्यक्ष कालिका गोलेले बताउनुभयो । नेपाल सरकारबाट जारी अध्यादेशले गाउँपालिकालाई बजेट बाडँफाडँ सँग मात्र सरोकार हुने गरी अधिकार प्रदान गरेकोमा आफ्नो अधिकार क्षेत्र नाघि गैरजिम्मेवार पूर्वक पूर्वाग्रही ढंगले परिवर्तन गरिएकोमा स्थानिय राजनितिक दल लगाएतले असन्तुष्टि जनाएका छन्र । स्थानिय सघ सस्थाका प्रतिनिधि साथै बाटो उपभोक्ताहरुले बैठक बसि तत्काल नाम परिवर्तनका लागि आज गाउपालिकामा ज्ञापनपत्र बुझाउन गएपनि कार्यलय सहयोगि बाहेक अरु नभेटिएको थाङपाल युवा सरोकार समितिका अध्यक्ष कालिका गोलेले गुनासो गर्नुभयो ।


Comments