दुई दिनभित्र बेलिब्रिजको काम सुरु गर्न गृहमन्त्रीको निर्देशन
Posted on: Jul 31, 2017


गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दुई दिनभित्र क्षतिग्रस्त लार्चा पुल रिप्लेस गरी बेलिब्रिज हाल्न निर्देशन दिएका छन् ।माओवादी केन्द्र सिन्धुपाल्चोकका नेतासहितको एक स्थानीय टोलीले आइतबार गृहमन्त्रालय पुगेर डेलिगेशन गरेपछि मन्त्री शर्माले मन्त्रालयअन्तर्गतका कर्मचारीलाई त्यस्तो निर्देशन दिएका हुन् । दैवी प्रकोप उद्धार समितिको अध्यक्षसमेत रहेका मन्त्री शर्माले विपद्मा काम गर्ने कर्मचारीसहितको एक समिति गठन गरी दुई दिनभित्रै बेलिब्रिजको काम सुरु गर्न निर्देशन दिएको पत्रकार रामकृष्ण थापा थापाले खवर पठाउनुभएको छ ।डेलिगेशनमा गएका माओवादी केन्द्रका जिल्ला नेता माधव सापकोटा सुवोधका अनुसार मन्त्री शर्माले दुई दिनभित्रै काम सुरु गरेर तत्काल बेलिब्रिज हालेर सहजरुपमा तातोपानीवासीलाई सडकबाट जोड्न मातहतका कर्मचारीलाई कडा निर्देशन दिएका छन् । पुल भाँचिएको एक हप्तापछि स्थानीय आफैले घिर्लिङको प्रयोग गरि तुइन हालेर शनिबारदेखि जोखिमपूर्ण रुपमा वारिपारि गर्ने गरेका छन् । तत्काल बेलिब्रिज नहाले तुइनबाट नदी तर्दा मानवीय क्षति हुनसक्छ । 


Comments