आयल निगमले जग्गामा अनियमितता भएको लेखा समितिको ठहर ,कारबाहीका लागि अख्तियारमा सिफारिस गर्ने निर्णय
Posted on: Aug 04, 2017


व्यवस्थापिका संसद अन्तरगतको लेखा समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न खरिद गरेका जग्गामा अनियमितता भएको ठहर गरेको छ । समितिको आज बसेको बैठकले निगमले विधि र प्रक्रिया मिचेको भन्दै खरिदमा संलग्नलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेर पठाउने निर्णय गरेको हो ।  
झापा, सर्लाही, चितवन र भैरहवामा खरिद गर्दा विधि र प्रक्रिया मिचिएको ठहर गरेको छ । सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक प्रशासन तथा खरिदसम्बन्धित विनियमावली २०६४ बमोजिम बोलपत्रको माध्यमबाट जग्गा खरिद गरेको देखिएको निर्णय बैठकले गरेको छ । 
‘जग्गा प्राप्ती ऐन २०३४ बमोजिम जग्गा प्राप्ती गर्नुपर्नेमा ढिला हुने भनी बोलपत्रको माध्यमबाट जग्गा खरिद गरेको हुँदा विधि र प्रक्रियाको सम्बन्धमा समस्या देखिएको छ, बैठकको निर्णयमा भनिएको छ ।  समितिले खरिद गरिएका जग्गाहरु वास्तविक जग्गाधनीहरुसँग नगरी एजेन्ट मार्फत बोलपत्रको माध्यमबाट गर्दा कैयौं गुणा महंगो परेको ठहर पनि गरेको छ । 


Comments