भेडावारीका स्थानियले प्रयोग गर्दै आएको धारोलाइ अज्ञात समुहले भत्काइदिए
Posted on: Aug 07, 2017


सिन्धुपाल्चोक जिल्लाको चौतारा साङ्रगाचोक गढि नगरपालिका  १ नम्वर वडा भेडावारीमा स्थानियले प्रयोग गर्दै आएको धारोलाइ अज्ञात समुहले क्षति पुराइदिएका छन् । गाउको माथिल्लो खत्रि टोल र बाम्हण टोल गरी १८ घरपरिवारलाई लक्षीत गरी मुल पधेरोलाइ गत पौषमा विपत ब्यवस्थापनका लागि जिविस मार्फत तिन हजार लिटरको पानि ट्रयाङ्रगि सहित धारा निमार्ण गरीएको थियो । निमार्ण गरीयको सो धारा र ट्रयाङ्रकि साउन १९ गते राति अज्ञात समुहले पुर्ण रुपमा क्षती   ेपुराएपछि पानि उपभोग गर्दै आएका परिवार समस्यामा परेको स्थानिय ऋषी राम नेपालले बताउनु भयो । प्रभावित परिवारले घटनाको वास्तविकता पत्ता लगाई अनुसन्धान गरी कार्वाहि गर्न र उक्त पधेरो निमार्णका लागि आवस्यक सहयोग गर्न वडा कार्यलय सङ्रगै अन्य साझेदार निकायलाई अनुरोध गरेका छन् ।


Comments