प्रथम पाँचपोखरी ट्रेल रेसमा सुमन र निरकला प्रथम
Posted on: Aug 07, 2017


सिन्धपाल्चोकको पर्यटकीय स्थल पाँचपोखरीमा भएको प्रथम ‘पाँचपोखरी ट्रेल रेस प्रतियोगिमा सोलुखुम्बुका सुमन कुलुङ प्रथम हुनुभएको छ । कुलुङले  २४ किलोमीटर दुरी २ घन्टा १७ मिनेटमा पार गर्दै प्रथम हुनुभएको हो । त्यस्तै उक्त दुरी २ घन्टा २६ मिनेटमा पार गर्दै प्यूठानका दामोदर बुडामगर द्धितीय, प्यूठानकै रुपलाल बुडामगर २ घन्टा २९ मिनेटमा पार गर्दै तृतीय, सिन्धुपाल्चोक चौताराका नवराज थापा २ घन्टा ४२ मिनेटमा पार गर्दे चौथो र भोताङका जयराम तामाङ २ घण्टा ४८ मिनेटमा पार गर्दे पाचौ हुनुभएको छ ।त्यस्तै महिला तर्फ ३ घन्टा ३ मिनेटमा दुरी पार गर्दै सोलुखुम्बुकी निरकला कुलुङ प्रथम, सोलुकै पुर्णीमा राई ३ घन्टा ९ मिनेटमा पार गर्दे द्धितीय, धदिङकी रसिला तमाङ ३ घण्टा १६ मिनेटमा पार गर्दै तृतिय, प्यूठानकी भुमी बुडामगर ३ घण्टा २३ मिनेटमा पार गर्दै चौथो र भोताङकी पासङ लामु ४ घन्टा ४ मिनेटमा दुरी पार गर्दे पाचौ भए हुनुभएको छ ।


Comments