​भुकम्प प्रभावित जिल्लाका विद्यालयहरुमा ईन्टरनेट विस्तार गर्ने सन्चारमन्त्रीको भनाई
Posted on: Aug 10, 2017


कमला पाख्रिन, श्रावण २६ ,सिन्धुपाल्चोक 
समुदायिक वन राष्ट्रिय दिवसको अवसरमा सामुदायिक वनको उद्रगम स्थल सिन्धुपाल्चोकको ठोकर्पामा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।सुचना तथा सन्चार मन्त्री मोहन वहादुर वस्नेतले कार्यक्रम मुल समारोहको उद्रघाटन गर्नु भयको थियो ।कार्यक्रममा वोल्दै मन्त्री वस्नेतले भुकम्प प्रभावित सिन्धुपाल्चो सङ्रगै ११ जिल्लाका विद्यालयहरुमा निशुल्क ईन्टरनेट विस्तार गर्ने बताउनुभएको छ ।साथै मन्त्री वस्नेतले जिल्लाको विकासमा निरन्तर लागिरहने वताउनु भएको छ । उहाले सविधानको सफल कार्यन्वयनका लागि निर्धारीत मितीमा प्रदेस र केन्द्रको चुनाव गर्ने बताउनु भयो ।सामुदायिक वनको उद्रगम स्थल सिन्धुपाल्चोकको ठोकर्पालाई अन्तराष्ट्रिय वन अध्यन केन्द्रको रुपमा विकास गर्न सरकार लाग्ने र त्यसको पहल आफुले गर्ने उहाले वताउनु भयो ।उक्त कार्यक्रममा सामुदायीक  वन विकासमा योगदान गरेको भन्दै सन्चारकर्मिहरुलाई पनि सम्मान गरीएको थियो ।सम्मानित हुनेहरुमा पत्रकार दिनेश थापा ,ऋषीराम पौडेल ,दामोदर न्यौपाने ,प्रमोद न्यौपाने र ङेम्लिङ लामा रहेका छन् ।


Comments