महाभिरमा चार मिटर तल भासिएको सडक काम चलाउ हिसावले सुचारु
Posted on: Aug 10, 2017


सिन्धुपाल्चोकको बाह्रबिसेस्थित महाभिरमा गएराति सडक भासिँदा अबरुद्ध अरनिको राजमार्ग सुचारु भएको छ । स्काभेटरले माटो हालेर खाल्डो पुरे पछि काम चलाउ हिसावले मात्र बाटो खुलाएको इलाका प्रहरी कार्यलय वाह्विसेले जानकारी दिएको छ ।ठुलो वर्षा हुने वित्तीकै सडक पुन अवरुद्ध हुने भन्दै पूर्णरुपमा खुलाउन भने अझै केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सडक करिव चार मिटर तल भासिएकोे छ । सडक भाँसिएपछि तातोपानी बाह्रबिसेबाट काठमाडौं आउने र जाने सवारी साधन जोखिम मोलेर यात्रा गरीरहेको प्रहरीले जनाएको छ ।


Comments