माथिल्लो हाँडिखोला साना जलविद्युत आयोजन प्राकृतिक जोखिममा
Posted on: Aug 10, 2017


पाँचपोखरी थाङपाल गाउपालिका साविकको थाङपालकोट  १ नम्वर वडामा रहेको  माथिल्लो हाँडिखोला साना जलविद्युत आयोजन प्राकृतिक जोखिममा परेको छ ।निरन्तर परेको अविरल वर्षा सङ्रगै गएको पहिरोले कर्मचारी वस्दै आएको क्वाटरनै पुरेको छ । विहानि पख पहिरो गएकाले मानविय क्षती भने नभएकोे स्थानिय कुमार बस्नेतले बताउनु भयो ।पहिरो पछि अहिले पावर हाउस पनि बन्द भएको छ । ।गएको वर्षामा पनि आयोजना संचालनमा रहेको स्थानमा पहिरो गई आयोजनाको कर्मचारीको आवास भत्किँदा एक जना गम्भिर घाईते समेत भएका र केहि दिन आयोजना वन्द समेत भएको अयोजनामा कार्यरत कर्मचारी राजन खत्रिले वताउनुभयो ।प्राकृतिक विपतबाट वर्षेनि समस्या खेपी रहेको आयोजनाले साविक थाङपालकोट गाविसका गाउँको नक्सानै फेरिदिएको थियो । कुनै समय मेलम्ची वाट ६  घण्टाको पैदल हिडेर पुग्नु पर्ने गाँउमा सो आयोजनाले मोटर वाटो निर्माण गरिदिए पछि अहिले सो ठाँउका स्थानियको दैनिकि फेरिएको छ, ।


Comments