घुम्थाङ बिम्बुगाउँमा पहिरोको जोखिम कायमै, पाँच घर परिवार विस्थापित
Posted on: Aug 19, 2017


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङ बिम्बुगाउँमा पहिरोको जोखिमले पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाको कारण घुम्थाङगाउँ नै पहिरोको जोखिममा परेको छ । केहिदिन अगीको पहिरोले बल्लतल्ल ऋणमा बनाएको टहरा समेत बगाएपछि बासको समस्यामा परेको बिम्बुका वासिन्दाले सुरक्षित जग्गा पाए आफुलाई राहत हुने बताएका छन । घुम्थाङको बिम्बु,डाडागाउँ देखि थामीटोलसम्मको भुभाग तलबाट भास्सिदै गएको छ । माथिल्लो भूकम्पको पराकम्पनले चर्किएका चारैतिरका पहाड टुक्रिएर पहिरो झरिरहेको छ ।

पहिरोको जोखिमको वेवास्ता गरेर बस्न बाध्य दुईसय भन्दा बढी परिवारले सुरक्षित स्थानमा जग्गा नभएकाले घर बनाउन सकेका छैनन् । बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारको माथिल्लो भाग पलातीको ५० परिवार पहिरोको जोखिममा रहेका छन् । पहिरोले तलको भाग भस्साउदै लगेपछि त्यहामाथिको पुरा बस्ती र तलको सुनकोसी नदी थुनिने जोखिम बढीरहेको स्थानीय शम्भुबहादुर तिमल्सिनाले बताउनुभएको छ । बर्खा लागे संगैै तिब्बतसँग जोडिएका ग्रामिण भेगका प्राया गाउँ पहिरोको जोखिममा परेका छन ।
यता जिल्लामा विकट रहेको त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करको खड्काटोलमा पहिरो लागेको छ । पहिरोले गर्दा तीन परिवार विस्थापीत भएका छन् भने, अविरल वर्षाको कारण झरिरहेको पहिरोले बस्ती नै जोखिममा परेको छ । 


Comments