स्थापनाको २ दशकपछि जिल्ला अस्पतालले सुरु गरेको शल्यक्रिया सेवा प्रभावकारी बन्दै
Posted on: Aug 19, 2017


स्थापनाको २ दशकपछि जिल्ला अस्पतालले जेठ १२ गते औपचारीक उद्घाटन गर्दै सुरु गरेको शल्यक्रिया सेवा प्रभावकारी बन्दै गएको छ । यो सेवा सुरु भएपछी एक सातामै २ जना विरामीको सफल शल्यक्रिया गरीएको छ । अस्पताल प्रशासनले १ प्रसुती र १ एपेण्डीक्सको शल्यक्रिया गरेको वताएको छ ।

अस्पतालमा प्रसुती, हर्नीया, हाइड्रोसिल, हाडजोर्नी, पाठेघर खस्ने लगाएतका स्त्री तथा प्रसुती रोगको शल्यक्रिया सरकारी मुल्यमा गर्ने अस्पताल स्रोतले बताएको छ । अब छिटै आन्द्रा र पेटको समेत शल्यक्रिया सेवा सुरु गर्ने योजना अस्पतालको छ । अस्पतालमा प्रसुती हुन नसकेकाको लागि भने निशुल्कः शल्यक्रिया गरिनेछ । यस सँगै अस्पतालले ५ प्रतिशत छुट सहित २४ घण्टे फार्मेसीको पनि शुरुवात गरेको छ ।
वि.संं. २०३१ सालमा स्थापना भएको अस्पतालमा यसअघि पनि शल्यक्रिया सेवा सुरु गर्ने  प्रयास गरिएको हो तर सम्भव हुन सकेको थिएन । २०७२ को बिनाशकारी भूकम्पमा आंशिक क्षति भएको अस्पतालको भौतिक निर्माणसँगसँगै अस्पतालले दिने सेवालाई विस्तार गरिएको हो । 
लामो समयको प्रयासपछी जिल्लामा शल्यक्रिया सेवा सुरु गरेको र शल्यक्रिया सेवा सुरुभएसँगै स्थानीयहरु अब धुलिखेल,काठमाण्डौ लगायतका महङ्गा अस्पतालमा जानुपर्ने समस्याबाट मुक्त हुने विश्वास लिएको जिल्ला अस्पताल चौताराका प्रमुख सुरेन्द्र चौरासियाले वताउनुभयोे । यसअघि जिल्ला अस्पतालको सेवामा विश्वसनियता नहुने र डाक्टरहरुले विरामीलाई दिने सेवा र गर्ने व्यवहार प्रभावकारी नभएको गुनासो स्थानियले गर्दै आएका थिए


Comments