आइसीसी महिला विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले हङकङको सामना गर्ने
Posted on: Oct 09, 2016


असोज २३, सिन्धुपाल्चोक - आइसीसी महिला विश्वकप क्रिकेटको छनोट खेलमा आइतबार (आज) नेपालले हङकङको सामना गर्दैछ ।

हङकङमा आइतबारदेखि सुरु हुन लागेको प्रतियोगिताको पहिलो खेलमै नेपालले आयोजकलाई प्रतिद्वन्द्वी पाएको हो ।

पछिल्लो दुई वर्षदेखि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको नेपाली टोलीको लागि यो खेल सहज पक्कै हुने छैन ।

एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । समूहका प्रत्येक टोलीले एकअर्कासँग दुई/दुईओटा खेल खेल्नेछन् ।

यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने महिला विश्वकपको अन्तिम छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोलीले प्रारम्भिक चरणको यो छनोट पार गर्ने विश्वास लिएको छ ।


Comments