जिल्ला प्रहरीद्धारा अवैध रुपले बेच्न लागेका २०० लिटर घरेलु नष्ट
Posted on: Aug 24, 2017


जिल्ला प्रहरी कार्यकय सिन्धुपाल्चोकले चौतारा नगरपालिका आसपास ठाँउहरु बाट अवैध रुपले बेच्न लागेका २०० लिटर घरेलु मधिरा बरामद गरि नष्ट गरिएको छ ।आज दिउँसो प्रहरी कार्यलयले जिल्लाका सरकारी कार्यलयका प्रमुख ,संघ सस्थाका पदाअधिकारी , राजनितीक दल र जिल्लाका पत्रकारहरु समेतको उपस्थितीमा बरामद गरिएका मधिरा नष्ट गरिएको हो ।साथै जिल्लाको मेलम्ची नगरपालिकाको  वडा नम्बर १३ फटकशिलाको बेशि  खेतमा उम्रेको ६० ओटा गाजाको बोट मेलम्ची इलाका  प्रहरी कार्यलयका प्रहरी अधिकृतको गस्तिको टोलीले नष्ट गरिएको छ । 

यस्तै चौतारा नगरपालिका वडा नम्बर ८ ईखुको गैरिगाँउमा एक रोपनी खाली जाग्गमा उम्रेको  अन्दाजी १०० ओटा गाजाको बोट जिल्ला प्रहरी कार्यलयको निगरानीमा प्रहरी चौकि ईखुले नष्ट गरिएको छ ।जिल्लामा  कुनै पनि गलत कार्य हुन नदिनका लागि जिल्ला प्रहरी कार्यलयको ठुलो निगरानी भइरहेको प्रहरी उपरिक्षक मोहन प्रसाद पोखरेलले  बताउनु भयो ।


Comments