सिन्धुपाल्चोक जिल्लामा पनि आजबाट म खादिन अभियान सूरु, चौतारा साङ्रगाचोकगढि नगरपालिकाका जनप्रतिनिधिद्धारा प्रतिवद्धता पत्रमा हस्ताक्षर
Posted on: Sep 08, 2017


भ्रष्टाचार बिरुद्ध आज सिन्धुपाल्चोकमा  हस्ताक्षर अभियान शुरु गरिएको छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशीतामा सवैखाले भ्रष्टचारको बिरोध गदै सदाचारि प्रतिवद्धता रहनेछ भन्ने मुलनाराका साथ हस्ताक्षर अभियान गरिएको हो ।
मानव अधिकार आयोग इन्सेकको आयोजनामा स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनीधिमा म खादिन अभियान सूरु भएको इन्सेककाका जिल्ला फोकल पर्सन नातिबाबु धितालले बताउनु भयो ।  
चौतारा सागाचोकगढी नगरपालिकामा जिलला समन्वय समितिमा आज जन प्रतिनिधिहरुलाई म खादिन अभियानमा प्रतिवद्धता सहित हस्ताक्षर गरेको भ्रष्टचार विरद्धको नागरीक अभियान सिन्धुपाल्चोकका जिल्ला संयोजक चन्द्र कुमार वस्नेतले बताउनुभयो ।
अब क्रमस सबै गाँउ र नगरपालिकामा यो कार्यक्रमलाई निरन्तरता दिईने पनि  वस्नेतले बताउनुभयो ।आजको कार्यक्रममा  चौतारा सागाचोकगढी नगरपालिकका मेयर अमानसिह. तामाङ, १ नब्बर वडाका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ , ५का वडाध्यक्ष नरमान श्रेष्ठ, वडा न २ टेकबहादुर तामाङ, वडा न ३ का दिपेन्द्रबहादुर थापा, ६ का  वडाध्यक्ष तोकबहादुर तामाङ लगायतका चातारा  ैसाङ्रगाचोक गढीका जनप्रतिनीधिले कार्यकालभरी घुस नलिने ,खान पनि नदीने भनि वचन प्रतिबद्धता जनाएका छन्र । हस्ताक्षरसहितको प्रतिबद्धताको फ्याक्स बोर्ड बनाएर कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, प्रमुख जिल्ला अधिकारी अस्मन तामाङ, स्थानीय विकास अधिकारी जग्गानाथ पन्त लगायतका विभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।


Comments