सिन्धुपाल्चोक जिल्लामा ६ सय ४६ जना बालवालिका विद्यालय जानबाट बञ्चित, सामुदाईक विद्यालयको अवस्था दिन प्रतिदिन खस्कदै
Posted on: Sep 08, 2017


सिन्धुपाल्चोक जिल्लामा ६ सय ४६ जना बालवालिका विद्यालय जानबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालयसँग तथ्यांकले देखाएको छ ।  जिल्ला शिक्षा कार्यालयले यस शौक्षिक सत्रमा गरेको सर्वेक्षणमा सिन्धुपाल्चोक जिल्लाका ६ सय ४६ बालबालिका विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी अशोक पराजुलीले जानकारी दिए। यति धेरै बालबालिका आर्थिक कारणले विद्यालय जानबाट बञ्चित भएर बसेका छन्। शिक्षा कार्यालयले ५ देखि १४ वर्षसम्मका कलिलो उमेरका बालबालिको सर्वेक्षण गरेको हो। विद्यालय जाने बालबालिकाहरु गाउँघर लेकबेशितिर बाख्रा र भेडा गोठालो गएका प्रस्शस्तै भेटिन्छन्। 
घरदैलो अभियानबाट बालबालिकाको तंथ्याक संकलन गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। आर्थिक वर्ष ०६७÷०६८ देखि सञ्चालित साक्षरता कक्षाबाट पूर्व्जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले सिन्धुपाल्चोक नेपालकै पहिलो साक्षर जिल्लाको रुपमा घोषणा गरेका थिए। 
यसैबिच प्रत्येक वर्षको परीक्षा नतिजा हेर्दा पछिल्लो चरणमा जिल्लाको शौक्षिक अवस्था दिनप्रतिदिन खस्कँदै गएको तथ्यांक जिल्ला शिक्षा कार्यालयसँग छ। नतिजा सार्वजनिक हुनासाथ सामुदायिक विद्यालय किन सधैँ कमजोर सावित हुन्छन् भन्ने बहस चल्ने गरेको छ। देशभरका सामुदायिक विद्यालयभन्दा निजी विद्यालयले धेरै राम्रो नतिजा प्राप्त गर्न सफल भएको पाइन्छ। 


Comments