विश्वकप छनोट फुटबल - शनिबार राति भएका खेलहरुमा जर्मनी र इंग्ल्यान्ड विजयी
Posted on: Oct 09, 2016


असोज २३, सिन्धुपाल्चोक - विश्वकप छनोट फुटबल चरणअन्तर्गत् शनिबार राति भएका खेलहरुमा जर्मनी र इंग्ल्यान्ड विजयी भएका छन् । समूह सीको खेलमा जर्मनीले चेक गणतन्त्रलाई ३० ले हरायो । जर्मनीका लागि थोमस मुलरले दुई तथा टोनी क्रुसले एक गोल गरे । यही समूहका अरु खेलहरुमा नर्दन आयरल्यान्डले सान मारिनोलाई ४० ले तथा अजरबैजानले नर्वेलाई १० ले हराएका छन् ।

यसैगरी समूह एफको खेलमा इंग्ल्यान्डले माल्टालाई २० ले हराएको छ । खेलमा इंग्ल्यान्डलाई विजयी गराउन ड्यानिएल स्टरिज र डेले अलीले एकएक गोल गरे । यही समूहका अरु खेलहरुमा स्लोभेनियाले स्लोभाकियालाई १० ले हराउँदा स्कटल्यान्डले लिथुआनियासँग ११ गोलको बराबरी खेलेको छ । यस्तै, समूह का खेलहरुमा पोल्यान्डले डेनमार्कलाई ३२ ले हराउँदा रोमानियाले अर्मेनियालाई तथा मान्टेनेग्रोले काजखस्तानलाई ५० ले हराएका छन् । विश्वकप छनोटअन्तर्गत् अफ्रिकी महादेशका खेलहरुमा आइभोरी कोस्ट, सेनेगल र कंगो विजयी भएका छन् । आइभोरी कोस्टले मालीलाई ३१ ले हराउँदा कंगोलेलाई लिबियालाई ४० ले तथा सेनेगलले केप भर्डेलाई २० ले हराएका हुन् ।


Comments