नेकपा एमालेद्रारा सिन्धुपाल्चोक जिल्लामा प्रदेश तथा प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको टुङ्रगो
Posted on: Oct 04, 2017


नेकपा एमालेले  जिल्लाका प्रदेश तथा प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।प्रतिनिधि सभा अन्तर्गत प्रदेस सभा २ मा पनि एमाले नेता सरेश नेपाल को एकल नाम सिफारिस भएको छ।यस्तै प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा १ मा नेकपा एमाले को तर्फबाट सुवास कर्माचार्य र इन्द्र नेपाल को नाम माथिल्लो कमिटी मा सुझाब को लागि पठाएको छ,।यस्तै प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश नम्बर २ मा सहमति हुन नसकेपछी प्रत्यक्ष तर्फ बालकृष्ण देउजा,मित्रलाल चौलागाईं ,धर्म कृष्ण श्रेष्ठ ,डोल्मा तामाङ,उपेन्द्र तामाङ ,माधव पाण्डे लाई सुझाव को रूपमा माथिल्लो कमिटी मा पठाएको छ। त्यस्तै समानुपातिक मा शिशिर वाइबा,सुर्य मान तामाङ ,घननाथ पराजुली ,ईन्द्र माया गुरुङ र दोर्जे लामा को नाम माथिल्लो कमिटी मा पठाएको छ। जिल्ला समितिले सिफारिस गरिएका नामहरुबाट उम्मेदवारहरुको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने  छ। 


Comments