मूख्य निर्वाचन अधिकृत नियुक्त
Posted on: Oct 05, 2017


संघ र प्रदेशसभा चुनावको लागि भन्दै निर्वाचन आयोगले मूख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।आयोगले सिन्धुपाल्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी मूख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । प्रतिनिधिसभा क्षेत्र नं. १ मा शान्ती तथा पुर्ननिर्माण मन्त्रालयका उपसचिव चन्द्रकान्त पौडेल र प्रतिनिधिसभा क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश दिपक खनाललाई नियुक्त गरिएको हो ।बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।


Comments