यस वर्षको दशैपनि सिन्धुपाल्चोकका भूकम्प पीडितको टहरामै
Posted on: Oct 05, 2017


सरकारले पुनर्निर्माणमा चासो नदिँदा यस वर्षको दशैपनि सिन्धुपाल्चोकका भूकम्प पीडितको टहरामै बिताएर मनाएका छन् । अनुदान दिने सरकारी मापदण्ड जटिल भएकाले दोस्रो किस्ता लिएर घर निर्माणलाई तीव्रता दिन नसकेको यस वर्षको दशैपनि टहरामै बितेको हो । 

पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयकाअनुसार पहिचान गरिएका ७९ हजार ९ सय १७ लाभग्राहीमा ७५ हजार एकसय ९१ ले पहिलो किस्ता लगिसकेका छन् । जसमा ७५ हजार ३ सय ४ सँग अनुदान सम्झौता भएको थियो । 

हालसम्म १४ हजार १९ ले दोस्रो किस्ताको लागि सिफारिस गरेको र दुई हजार ५३ जनाले तेस्रो किस्ताको लागि निवेदन दिएका छन् । दोस्रो किस्तामा एक सय ८५ र तेस्रोमा ४६ को प्रमाणिकरण हुन नसकेको सचिवालयका प्रमुख रुद्र मल्ले जानकारी दिनुभयो । मल्लका अनुसार १ हजार ३ सय ३८ ले तेस्रो किस्ता लगिसकेका छन् । 

हालसम्म यस जिल्लामा ५ हजार ६ सय २० भूकम्पपीडितले घर बनाइसकेकोे, ८ हजारले डीपीसीको काम सकेका छन् । 


Comments