नवलपुर युनाइटेड ; इन्द्रावती गाउँपालिकामा आयोजना प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फानल खेल ३१ गते हुने
Posted on: Oct 18, 2017


नवलपुर युनाइटेड क्लबद्वारा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आयोजना प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगिता जारी छ । अब मंगलबार फाइनलमा आयोजक नवलपुर युनाइटेड र नवलपुर युवा क्लब भिड्ने भएका छन् । ।आइतबार भएको सेमिफाइनलको खेलमा नवलपुर युनाइटेड (बि) लाई नवलपुर युवा क्लब टाकुरे ले ५–१ गोल ले पराजित गर्दै नवलपुर युबा क्लब टाकुरे फाइनलमा प्रवेश गरेको थियो । सेमीफाइनलमा प्रवेश गरेर आयोजक ए सँग भेट तय गरेको कमलादेवी युथ क्लब विरुद्ध जिल्ला बाहिरका खेलाडी समावेश गरेको उजुरी परेपछि नवलपुर युनाइटेड स्वतः फाइनल प्रवेश गरेको थियो ।फाइनल प्रवेश गरेका युनाइटेड र युवा क्लब चिरप्रतिद्वन्द्वी समूह हो । यसअघि क्षेत्रीय  फुटबल खेलमा युवा क्लबले उपाधि उचालेको थियो ।

क्वाटर फाइनल प्रवेश गरिसकेका कमलादेवी युथ क्लब र गोर्खाली गाइज क्लब दुवै टिमले एकअर्कालाई उजुरी हालेपछि आयोजकले सहमत गर्न ७ घण्टाको समय दिएको थियो । तर दुबै टिमको सहमत हुन सकेन । एन्फाको नियम अनुसार दुबै टिम स्वतः बाहिरीएको छ । दुई टिम बाहिरिएकोले आयोजकले फाइनल खेल तालिकामा हेरफेर गरेको छ । कात्तिक ३ गते हुने भनिएको फाइनल खेल असोज ३१ गते गर्ने आयोजक क्लबका अध्यक्ष चीन लामाले जानकारी दिनु भयो । गत मंगलबार इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले  ऐसेलुखर्क मैदानमा उद्घाटन गर्नु भएपछि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा १४ समूह प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र हात पार्नेछन् भने दोस्रो हुनेले १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने टीमले ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्राप्त गर्ने छन् ।। यो सिन्धुपाल्चोक जिल्लाकै सर्वा्धिक पुरस्कार राशी भएको प्रतियोगिता हो । यसअघि क्लबले प्रथम ६ नम्बर इलाक स्तरीय फुटबल प्रतियोगिता र प्रथम क्षेत्रीय नवलपुर गोल्डकप आयोजना गरिसकेको छ ।

 

 

 


Comments