भरुवा बन्दुक सहित एक जना पक्राउ
Posted on: Oct 25, 2017


जुगल गाउँपालिका–१ मा प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। स्थानीय कुसे थापा भनिने टीकाबहादुर थापालाई एक थान भरुवा बन्दुक, दुई सय ५० ग्राम बारुद, र एक खुकुरीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।  हतियार लिएर सिकार खेल्न निस्किएका बेला थापा पक्राउ परेका हुन्। 
उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ। हातहतियार तथा खरखजाना ऐनमा एक लाख रुपैयाँ जरिवाना, एक वर्ष कैद वा दुवै हुनसक्ने ऐनमा उल्लेख छ । वैधानिक, अवैधानिक हातहतियार बुझाउन पटकपटक सूचना जारी गरे पनि अटेर गरी सर्वसाधारणले अझै त्यस्ता हतियार राखेको हुनसक्ने एसपी मोहन पोखरेलले जानकारी दिए।


Comments