सिन्धुपालचोक जिल्लामा २ जना स्वतन्त्र उमेरद्रवारले उमेरद्रवारी फीर्ता लिए
Posted on: Oct 25, 2017


सिन्धुपालचोक जिल्लामा २ जना स्वतन्त्र उमेरद्रवारले उमेरद्रवारी फीर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलय सिन्धुपाल्चोकका अनुसार भरत चौलागाई र जिमि लामाले उमेरद्रवारी फीर्ता लिएका छन् ।
उहाहरु दुवै जनाले प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य २ को लागि स्वतन्त्रबाट  उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मनाङबाट प्रदेश सभा ‘ख’ का लागि एमालेबाट टिकट पाउनुभएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
एमालेबाट टिकट नपाएपछि प्रदेश नं ‘ख’ बाटै दीपक मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले उम्मेदवारी फिर्ता लिनुभएको छैन । एमालेबाट आधिकारिक रुपमा पाएको उम्मेदवारी फिर्ता लिएपछि खण्ड लामाले दीपक मनाङेलाई सघाउने लगभग पक्का भएको छ ।
यस्तै डाक्टर बाबुराम भट्टराईलाई समर्थन गर्दै गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। 
बाबुराम भट्टराईले उम्मेदवारी दिनुभएको क्षेत्रबाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराउनुभएका संघीय समाजवादी फोरम नेपालका सुकदेव गुरुङ तामाङले उम्मेदवारी फिर्ता लिनुभएको हो । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको आग्रहमा उम्मेदवारी फिर्ता लिएको उहाँले बताउनुभयो ।
यता वाम गठबन्धनको सिट बाडफाडँमा मुगुमा माओवादीको भागमा एक सिट पनि नपरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी नेताहरुले उम्मेदवारी दर्ता फिर्ता लिएका छन् ।  
यस्तै नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति मानबहादुर रावलले वाम गठबन्धनलाई जिताउनका लागि नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ ।
२२ वर्ष नेपाली कांग्रेसको जिल्ला सभापतिका रहेका रावलले २०७० सालको संविधान सभाको चुनावमा प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको थियो ।


Comments