बाह्रविशे प्राथामिक स्वस्थ्य चौकीमा निरीक्षण
Posted on: Oct 26, 2017


सिन्धुपाल्चोक . यु एस ए आइडी को सहयोग र यफ यच आई ३६०  को सहकार्यमा सामुदायिक सारर्थिद्रारा  सन्चालित पारस्परिक जबाफदेहिता परियोजनाले  जिल्ला स्तरमा गठित सार्बजनिक निजि समूह एएध्न् को सयुक्त निरीक्षण तथा अनुगमन गरेको छ । 
 जिल्लाका सरकारी तथा गैरसरकारी कार्यलयका टोलीहरुले  बाह्रबिसे न पा को वडा न ३ को ठुली पलाती स्वास्थ्य चौकीमा अनुगमन गरेका हो  । स्वास्थ चौकीमा देखिएका कमी कमजोरी केही समय भित्र सुधार गर्ने कार्ययोजना अन्तरगत उक्त स्वास्थ चौकीको अनुगमन र निगरानी कार्यक्रममा जिल्ला समन्वय समितिका योजना अधिकृत राजेन्द्र नेपाल,जिल्ला स्वास्थ कार्यलयका पुण्य श्रेस्ठ, मानव अधिकार कर्मी नातिबाबु धिताल,ट्रान्फरेन्सि इन्टर्नेसनलका उमेश विश्कर्म  बिच  छ्लफल गरिएको थियो । छलफलमा  स्वास्थ्य चौकीका सहायक प्रमुख राज कुमार पौडेलले सरकारले निशुल्क  उपल्बध गराएको औषधीहरु स्वस्थ्य चौकीमा  पुग्न नसक्दाँ उतm ठाँउका विरामीले औषधी नपाएको गुनासो गरेको बताउनु भयो । उहाँले स्थानिय तह आएपछि पनि  स्वस्थ्य चौकीको अवस्थामा सुधार आउन नसकेको र औषधीको अभाब हुँदा विरामी मर्कामा परेको पनि बताउनु भएको छ । त्यस्तै औषधीको अभाव भए पनि स्वस्थ्य चौकीबाट दिने अरु सेवा सुविधाबाट बिरामीलाई बञ्चित नगराई उपचार दिन समेत जिल्ला समन्वय समितीका योजना अधिकृत राजेन्द्र नेपालले सुझाब दिनु भएको छ ।
पारस्परिक जबाफदेहिता परियोजनाले सिन्धुपाल्चोक जिल्लाका सबै ठाउमा स्वास्थ्य, शिक्षा,कृषि र प्राकृतिक प्रकोपको क्षेत्रमा सुसान, पारस्परिक जबाफदेहिता कार्यक्रम सन्चालन गर्दै सरकारी सेवा प्रवाह र सेवाग्राही बिच सेवाप्रबाहलाई चुस्त दुरस्थ बनाउन सहयोग गर्ने उदेस्यका साथ सयुक्त निगरानी र निरिक्षण  कार्यक्रम सन्चालन गरिएको सामुदायिक सारर्थीका सिन्धुपालचोक जिल्ला संयोजक हिरा खड्काले बताउनु भएको छ । 
 


Comments