सिन्धुपालचोकको मतपेटिका भण्डारण स्थलमा सुरक्षा सर्तकता बढाइयो,दलहरुको पनि आ आफ्नै ताला
Posted on: Dec 01, 2017


सिन्धुपाल्चोकमा मतपेटिका राखिएको कृषि विकास कार्यालयको कोठाको मुलढोकामा ताला थपिएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले मात्रै ताला लगाएकामा बिहीबार वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र नेकपा मालेले एक एक ओटा ताला थपेका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले भवन बाहिर सीसी क्यामेरा पनि राखेको छ ।
सुरक्षा व्यवस्था बलियो बनाउन भवनको चारैतिर नेपाली सेनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । दलका प्रतिनिधिका लागि भवनको दुवैतिर बस्ने व्यवस्था मिलाइएको छ ।भवन अघिल्तिरको बाटोमा प्रवेश पास पाएका बाहेकलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भयो ।
भवनको सबै झ्यालमा प्लाइबोर्डको पाता ठोकी मतपेटिका बाहिरबाट देख्न नसकिने बनाइएको छ । मतपेटिका राखिएको कोठाको मुलढोकामा दलहरुले पनि  आ आफ्नै ताला लगाएका छन् ।  


Comments