स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक
Posted on: Dec 01, 2017


संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ ।मुलुकका ७ सय ५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण mofald.gov.np/GIS  मा प्राप्त गर्न सकिनेछ । 

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउनुभयो । स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्नेछ । मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह  रु छ लाख अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ । 


Comments