ठुलोसिरुवारीको सेतिदेवि मा,वि,मा पुन मतदान गराउन लोकतान्त्रिक गठबन्धनको माग
Posted on: Dec 01, 2017



ठुलोसिरुवारीको सेतिदेवि मा,वि,मा पुन; मतदान गराउन लोकतान्त्रिक  गठबन्धनले  माग गरेको छ । चौतारा साङ्गाचोक गढि नगरपालिका १३ स्थित सेतिदेवि माविको क, ख र ग गरी तिन वटै बुथमा पुन मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यलयमा निवेदन परेको हो । गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका प्रतिनिधि सभा २ का उम्मेदवार पशुपति शमसेर राणा र प्रदेससभा २ का उम्मेदवार विकास तामाङले कार्यलयमा निवेदन दिएको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताउनुभयो ।

मुख्य निर्वाच अधिकृतको कार्यलयले निवेदन सङ्रगै अवश्यक कागजहरु निर्वाचन आयोगमा पठाईसकेको मुख्य निर्वाच अधिकृत खनालको भनाई छ । उहाका अनुसार यो विषयमा निर्वाचन आयोगको निर्णयनै अन्तिम हुने र शुक्रबार आज बेलुकि सम्ममा निर्णय आउने सम्भावना रहेको छ ।हिजै निर्णय पठाईने भनेपनि आयोगको ब्यस्तताले गर्दा नआएको खनालले बताउनु भयो
गत आईतबार सम्पन्न प्रतिनिधि र प्रदेससभाको मतदानका सबै मतपेटिका  अहिले चौतारामा साँगाचोक गढी नगरपालिका ५ स्थित कृषि विकास कार्यलयाको भवनमा राखेको छ ।


Comments