सिन्धुपाल्चोक रैथानेमा भएको छितिज सिकाई मेलामा २००० भन्दा धेरैले भ्रमण गरे
Posted on: Dec 01, 2017


पाँचपोखरी थाङपाल गाउँपालिकाको रैथानेमा छितिज सिकाई मेला सम्पन्न भएको छ । पिस फर नेपालका १३ जना प्रसिक्षार्थि र रैथाने माध्यमिक बिद्यालयको अयोजनामा उक्त सिकाई मेला सम्पन्न भएको हो । सह आयोजकमा भोताङ देबि माध्यमिक बिद्यालय , चिलाउने माध्यमिक बिद्यालय , सातकन्या माध्यमिक बिद्यालय र भोटेनाम्लाङ माध्यमिक रहेका थिए ।
उक्त सिकाई मेलामा ७ वटा बिद्यालयले स्थल राखेका थिए । स्थलमा १९ वटा बिद्यालयले भ्रमण गरेका थिए । भ्रमणमा २००० भन्दा धेरैले भ्रमण गरेको आयोजकले जनाएको छ । परम्परागत बिज्ञान मेला मात्र नभइ कृषि सामग्री , बिद्यार्थीले गरेका कार्यहरु , भाबी बस्तीहरु कसरी बनाउने भन्ने कुराहरु प्रदर्शन गर्नुका साथै स्थानिय सामग्रीहरुको पनि प्रदर्शनी भएको कार्यक्रमका सँयोजक माधब प्रशाद देबकोटाले जानकारी दिनुभयो ।

उक्त मेलाको गतिबिधिलाई ड्रोन क्यामाराले कैद गरिएको बताइएको छ । धेरै वटा बिद्यालयका बिद्यार्थी र शिक्षकहरु सहभागी भएकाले द्धिपक्षिय ज्ञानको आदानप्रदान भएको आयोजकले दाबी गरेको छ । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समनवय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ र बिशेष अतिथि पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख टासि लामा रहनु भएको थियो । अतिथि द्धोय कृष्ण गोपाल तामाङ र टासि लामाले यस्ता शैक्षिक सिकाई मेलाले बिद्यार्थीको प्रतिभालाई बृद्धि गर्न र उजागर गर्न मद्दत गर्ने बताउनुभयो ।


Comments