सिन्धुपाल्चोकका मतदान अधिकृतहरुलाई निर्वाचन सफलताका साथ सम्पन्न गरेको भन्दै सम्मान गर्ने
Posted on: Dec 04, 2017


मंसिर १० गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सफलताका साथ सम्पन्न गरेको भन्दै सिन्धुपाल्चोकका मतदान अधिकृतहरुलाई भोली एक कार्यक्रमकावीच प्रशंसापत्र प्रदान गरिने भएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यलयले जिल्लाको सबै मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुलाई प्रशंसापत्र दिन लागेको हो ।

मंसिर १९ गते  जिल्ला समन्वय समिति चौतारामा दिउसो १ बजे सम्मान गर्ने कार्यक्रम रहेको जिल्लाका मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताउनुभयो । साथै भोलिनै साढे १ बजेबाट मतगणनामा खटिने कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रम समेत हुने भएको छ । जिल्लाको सबै मतपेटिका अहिले कडा सुरक्षका बिच जिल्ला कृषि विकास कार्यलयको भवनमा राखिएको छ । 

मंसिर २१ गतेदेखि सिन्धुपाल्चोक को मतगणना सुरु हुनेसमेत मुख्य निर्वातन अधिकृत खनालले बताउनुभयो ।  उहाका उनुसार पहिले दुबै क्षेत्र को प्रतिनिधि सभा को गणना हुनेछ भने २३ गते बिहानसम्म यसको मत परिणाम सर्बजनिक गर्ने योजना रहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षको गणना पस्चात प्रदेश तर्फको गणना सुरु गरीने भएको छ । मतगणनाको अपडेटलाई डिजिटल डिस्प्लेबाट समेत देखाउने तयारी भएको छ । साथै जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो सिन्धुले समेत सा्रेताका लागि ताजा मतगणनाको निरन्तर अपडेट दिने भएको छ ।


Comments