सिन्धुपाल्चोकमा मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना सुरु हुने
Posted on: Dec 05, 2017


पहिलो चरणमा मतदान भएको सिन्धुपाल्चोकमा दोस्रो चरणको निर्वाचन सकिँनासाथ मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना सुरु गरिने भएको छ। गणना सुरु गरेको २४ देखि ३० घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक हुने गरी मतगणना तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ‘मतगणना एकैछिन पनि नरोकिने गरी गणक कर्मचारीको टीम बनाएको बताउदै मुख्य निर्वाचन अधिकृत दीपक खनालले मतपत्र मिलाउने र गन्ने छुट्टाछुट्टै समूह हुने बताउनुभयो ।
गणनाको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै गणनास्थलमा तार जाली लगाइने उहाले बताउनुभयो । साथै ‘तार जालीको घेराभित्र गणक कर्मचारी र त्यस बाहिर उम्मेदवारका प्रतिनिधि रहने छन्। प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्ने तर छुन सक्दैनन्। 
मतदानपछि संकलित मटपेटिकालाई तीन घेराको सुरक्षा दिएर जिल्ला कृषि विकास कार्यालयमा अत्येन्त मजबुत सुरक्षासाथ भण्डारण गरिएको छ। जहाँ कार्यालय परिसरमा टेन्ट गाडेर चौवीसै घण्टा बसिरहेका दल तथा उम्मेदवारका प्रतिनिधिले सिसी टिभीमार्फत प्रत्यक्ष पहरेदारी गरिरहेका छन्।


Comments