सिन्धुपाल्चोक जिल्लाको मत परिणाम चौबीसै घण्टा प्रसारण गर्ने
Posted on: Dec 06, 2017


पहिलो चरण निर्वाचन भएको सिन्धुपाल्चोक जिल्लाको मत गणना दोस्रो चरणको निर्वाचन सकिनासाथ बिहिबार साँझ ५ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । पहिलो चरणको निर्वाचन अन्तरगत मंसिर १० गते भएको निर्वाचनको ताजा मतपरिणाम चौबीसे घण्टा सुन्न र पढ्नका लागि रेडियो सिन्धु १०५ मेगाहर्ज र सिन्धु एफएम १०२.८ मेगाहर्ज सुन्न सक्नुहुन्छ । साथै रेडियोको अन्लाइन वेबसाइट www.radiosindhu.org लगअन गरेर पनि ताजा मतपरिणाम पढ्न र सुन्न सकिन्छ भने हाम्रो पात्रो एप्स मार्फत पनि उक्त प्रसारण सुन्न सकिनेछ । मतगणना स्थलबाटै ताजा मत परिणाम स्रोतालाई जानकारी गराउनका लागि नियमित प्रसारण १८ घण्टा गर्दै आएकोमा मतगणना अवधि भर चौबिसै घण्टा प्रसारण गरिने छ । 


Comments