सिन्धुपाल्चोकको प्रतिनिधिसभा एकको दुबै प्रदेशसभामा बाम गठबन्दन भारि मतका साथ विजय
Posted on: Dec 10, 2017


२४, मंसिर
रेडियो सिन्धु , सिन्धुपाल्चोक 

प्रतिनिधिसभा १ 
प्रदेशसभा क र ख
दुई ओटा प्रतिनिधिसभा र चार ओटा प्रदेशसभा रहेको सिन्धुपाल्चोक जिल्लामा दुई ओटानै प्रतिनिधिसभा बाम गठबन्दनले यस अघाडिनै जित हासिल गरि सकेको छ भने । प्रतिनिधिसभा १ को प्रदेशसभा क र ख मा सुरु देखि नै बाम गठबन्दनले लोक तान्त्रिक गठबन्दनलाई भारि मतले पछि पार्दै आएको थियो । जसमा प्रतिनिधिसभा १ को प्रदेश सभा क का उम्मेदार अरुण नेपालले २१७१२ ल्याई आफ्नो जित सुनिश्चित गर्नुभएको छ भने उहाको प्रतिद्धन्दीका रुपमा रहेका लोकतान्त्रिक का उम्मेदार विष्णु खत्रीले भने १४६३३ ल्याउनु भएको छ । यसै गरि प्रदेशसभा ख का बामगठबन्दनको उम्मेदार सरेश नेपालले २२८३७ ल्याई विजयी हुनुभएको छ भने लोकतान्त्रिक गठबन्दनको उम्मेदार राजेन्द्र श्रेष्ठले १२१८७ ल्याउनु भएको छ ।


Comments