प्रतिनिधिसभा र प्रदेशसभा दुवै को मत परीणाम कसको कति मत
Posted on: Dec 10, 2017


२४ , मंसिर 
रेडियो सिन्धु सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको प्रदेशसभाको  मतपरीणम सार्वजनिक भएको छ । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क र ख सङ्रगै निर्वाचन प्रदेश सभा क मा बाम गठबन्धन विजयी भएको छ भने ख मा लोकतान्त्रिक गठबन्वन्धन विजयी भएको छ ।

पाँच वामले शानदार विजयी हासिल गरेको सिन्धुपाल्चोकमा एक सिट भने काँग्रेसका निमा लामाले जित्नुभएको छ । सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेशसभा २ बाट लामाले विजय हासिल गरेका हुन् । 
लामाले वामगठबन्धनका दावा तामाङलाई १९७ मतले पछि पार्दै हात पार्नु भएको हो ।  उहाले १८९०५ मत प्राप्त गर्नुभयो भने दावाले १८,७०८ मत प्राप्त गर्नुभएको छ् । 
यस्तै दुई व्यापारीक पृष्ठभुमिका लोकतान्त्रिक गठबन्धनका साभा उझा उमेरद्रवारलाई पराजित गर्र्दै अरुण नेपाल र सरेश नेपाल विजयी हुनुभएको छ् । अरुणले काँग्रेसका विष्णु खत्रीलाई ७,०७९ को मतान्तरले पराजित गर्नुभएको छ् । अरुणले २१,७१२ मत प्राप्त गर्नुभयको थियोे भने उहाका प्रतिस्पर्धि खत्रीले १४,६३३ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै सिन्धुपाल्चोक प्रतिनिधिसभा १को प्रदेशसभा २ मा एमालेका सरेश नेपालले १०,६५० मत बढी ल्याइ विजय हुनु भएको छ । नेपालले काँग्रेसका राजन्द्रकुमार श्रेष्ठलाई भारी मतले हराउनुभयो । नेपालले २२८३७ मत र श्रेष्ठले १२१८७ मत प्राप्त गर्नुभयो ।
यस्तै सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेशसभा १ मा बाम गठबन्धनका साझा उमेरद्रवार युवराज दुलाल विजयी हुनुभएको छ  । लोकतान्त्रिक गठबन्धनका विकास लामालाई  ७ हजार १ सय ६६ मतान्तरले पराजित गर्दै दुलाल विजयी हुनुभएको हो । उहाँले २०,६८७ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्धन्दि विकास लामाले १३ हजार पाच सय २१ मत प्राप्त गर्नुभयो ।
यसअघि हिजो सिन्धुपाल्चोकको दुबै प्रतिनिधिसभा बाम गठबन्धनले जिति सकेको छ । प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेत १० हजार ७ सय ६ मतले पराजय भएको छ ।
वाम गठबन्धनका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता अग्निप्रसाद सापकोटाले ४० हजार ५ सय ४ मत प्राप्त गर्दा मोहनबहादुर बस्नेतले २९ हजार ७ सय ९८ मात्र मत पाउनुभयो ।
त्यस्तै प्रतिनिधिसभा २ मा राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष समेत रहेका पशुपति शमशेर जबरा पनि ८ हजार ३२ मतले पराजय  हुनुभएको छ ।
वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका शेरबहादुर तामाङले ३८ हजार ४ सय १ मत प्राप्त गर्दा पशुपति शमशेर जबराले ३० हजार ३ सय ६९ मत पाएका छन् ।


Comments