लैगिङक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न
Posted on: Dec 10, 2017


लैगिङक हिंसा अत्यका लागी सबै जुटौ, कोहि नछुटौ नाराका साथ मंसिर ९ गते देखि मनाइएको १६ दिने अभियानको आज अन्तिम दिन हो । आज लैगिङक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित समिक्षात्मक अन्तरक्रिया कार्यक्रम भएको छ । महिला तथा बालबालिका कार्यलयको समन्वय र लैङगिक हिंसा ,निवारण जिल्ला संयोजन समिति ,संरक्षण कार्य समुह सिन्धुपाल्चोकको आयोजनामा कार्यक्रम भएको हो । महिला तथा बालबालिका कार्यलयका अधिक्रीत सिता अधिकारीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा जिल्लाका संघसंस्थाले हिंसा नियन्त्रनमा योगदान गरेकोमा धन्यावाद दिनुभएको छ । 

सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिले १६ दिने अभियान भित्र गरेका कार्यहरु प्रस्तुत गरेका थिए । कुनै पनि किसिमको घट्ना समयमानै  आउनु पर्यो र त्यो पिडितलाई घेराभित्र पिडकले राख्न नसक्ने अवस्था सिर्जना हुन नदिन तपाइ हामी तयार हुनुपर्ने महिला विकास निरिक्षक नानीमैया बस्नेतले भन्नु भयो । लैङगिक हिंसा कम गर्न आफु स्वयमलेनै ब्यवहार परिर्वतन गर्नुपर्ने कार्यक्रमका अध्यक्ष साहयक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनु भयो । यस्तै गैर सरकारी संस्था महासंघका सौम सापकोटाले ल्ौगिङक हिंसा अत्यका लागी संघसंस्थाको मात्रा जिम्मेवारी नभएको बताउनु भयो । 


Comments