​तिन रोपनि जग्गा विद्यालयलाई दान
Posted on: Dec 21, 2017


चौतारा सांगाचोकगढि नगरपालिका १ बदलाङमा रहेको बेत्रेस्वरी आधारभुत विद्यालयको भवन निमार्णका लागि एक स्थानियले जग्गा उपलग्ध गराउनु भएको छ । स्थानिय गहेन्द्र वहादुर थापाले सरकारी मुल्याङ्रकनमा १० लाख पर्ने गाउकै तिन रोपनि जग्गा भवन निमार्णका लागि उपलब्ध गराउनुभएको विद्यालयका प्रधानध्यापक दिपक नेपालले बताउनुभयो । हाल रहेको विद्यालयको जग्गामा भवन निमार्ण गर्न  उपयुक्त नदेखिएपछि जग्गाको समस्या परीरहेको अवस्थामा उहाले जग्गादान गरीदिनुभएको छ । यसैबिच बेत्रेस्वरी आधारभुत विद्यालयले आफ्नो २९ औं वार्षिक उत्सवको अवसरमा पौष १ गते जग्गा दाता थापालाई सम्मान समेत गरेको थियो । 


Comments