सिन्धुपालचोकको दुर्गम बस्ती घिप्चे स्वास्थ्यको पहुँचमा पुग्दै सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन
Posted on: Dec 26, 2017


हिमाली बस्ती त्यसमा पनि यातायातको पहुँच नपुगेको  दुर्गम बस्ती घिप्चेमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ ।  शिक्षा, स्वास्थ्य, यातायात र  सरकारी  सेवाबाट निकै पछि परेको लिस्तीमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको हो  । वितमा स्वास्थ्य सेवाबाट बञ्चित भएका घिप्चेका स्थानीयमा भने स्वास्थ्य सेवा पाउने आशा पलाएको छ । शिक्षा र स्वास्थ्यको  हिसावले निकै पछि परेको यो बस्तीमा जम्मा ७० घरपरिवारको बसोवास छ । माथि पाहाड र तल भिरको विचमा सानो  सम्म जमिन भएको एउटा चौडिलो  छ । त्यहि बसोको छ , घिप्चेका ७० घर  परिवारको बस्ती  । 

नेपाल चिन सिमा जोडिएको भोटेकोसी गाउँपालिका १ लिस्तीकाको डाँडाबाट पारि देखिने  अति कुनो र  दुर्गम बस्ती घिप्चेमा जिल्ला स्वास्थ्य कार्यलय चौताराले सामुदायिक  स्वास्थ्य इकाइ केन्द्र सञ्चालनमा सहयोग गरेको हो । भोटेकोसी किनाराबाट १८ सय फिट उचाइमा बसेको लिस्तीको घिप्चे बस्तीले यस अघि  स्वास्थ्य सेवा पाउन बाट बञ्चित बनेको थियो । विनाशकारी  भूकम्पपछि  निकै पीडामा परेको यो घिप्चेमा पुननिर्माण र राहत सहयोगको लागि कुनै संघ संस्था समेत पुग्न सकेका थिएनन् । भूकम्पबाट पीडा भोगेका र कुनै पनि सुविधा नपाएपछि याहाँका स्थानीयहरु बसाइ सराइको तरखरमा समेत लागेका थिए । तर अहिले स्थानीयले यस बस्तीलाइ विकासको खाकामा लगिसकेका छन् । राजनीतिक पहूँच र सरकारी सेवाबाट पछि परेको यो बस्तीमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालमा आएको छ  । भने लिस्तीमा पहिले देखिनै स्वास्थ्य चौकि छ । राजनीति पहुँच र सरकारी सेवाबाट पछि परेको यो बस्तीलाइ विकासको खाकााम लैजान स्थानीयहरु  साङवु शेर्पा,मुके शेर्पा र नोसाङ शेर्पा रटिएका छन् ।   

 घिप्चेमा गत वर्ष स्थानीयको श्रमदान र  अनुदान संकलनबाट मोटरबाटो पुगेको स्थानीय नोर्साङ शेर्पाले बताए । घिप्चे बस्तीबाट लिस्तीमा रहेको स्वास्थ्य संस्थामा पुग्न झण्डै ४ घण्टा लाग्ने गरेको शेर्पाको भनाइ छ । अहिले  घिप्चेका स्थानीयले उपचारको लागि लिस्ती पुग्न नपर्ने र केहि भएमा तत्कालै सामुदायिक स्वास्थ्य इकाइबाट सेवा पाउने अपेक्षा गरेका स्थानीयहरुले बताएका छन् । चारैतिर पाहाडे घेरेको  तल  खोल्सा र माथि हिमाली डाँडा भएकोले स्थानीयलाइ आवत जावतमा समेत समस्या परेको छ ।

 वडा अध्यक्ष मुके शेर्पा भन्छन् । हामीले यो स्वास्थ्य इकाइ मात्रै होइन विद्यालय र  सडक ल्याउन समेत स्थानीयको श्रम दान गरेर विभिन्न दुख भोग्दै आफ्नो गाउँ आफै बनाउन अभियान समेत थालेका छौँ  । घिप्चेमा  जम्मा ७० घरपरिवाको बस्ती छ । सो सामुदायिक स्वास्थ्य  इकाइको भवन निर्माणका लागि स्थानीय सामाजिक व्यक्ति भालुराम शेर्पा जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।  जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वरिष्ठ जनस्वास्थ्य अधिकृत रवि कान्त मिश्रले घिप्चे सामुदायिक स्वास्थ्य इकाइको विधिवत रुपमा सञ्चालन गरेको हो । स्थानीयको पटक पटकको आग्रहमा स्वास्थ्य कार्यालयले स्वास्थ्य इकाइ सञ्चालन गर्न विशेष पहल गरेको हो ।  

 भवन निर्माणका लागि स्वास्थ्य कार्यालयबाट १ लाख १० हजार सहयोग भएको हो ।   बाकी रकम घिप्चेका स्थानीयले चन्दा संकलन गरेर दुइ लाख २० हजारमा दुइ कोठे एक तले खोप क्लिनिकको  पक्कि भवन बनाएकोे  जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए । सेवा केन्द्रबाट घिप्चे,वगाम,थगाम र घुम्थाङका स्थानीयले लाभ लिन पाउने छन् ।  विनाशबकारी भूकम्पबाट क्षति पुगेको स्वास्थ्य संस्था पुन निर्माणले निरन्तरता पाइरहेको मिश्रले जनाए । उनले भने अहिले सिन्धुपाल्चोकमा सवस्थ्य चौकी र उप स्वास्थ्य चौकी बाहेक  १३ वटा सामुदायिक स्वास्थ्य इकाइ संचालन भएका छन् । १३ स्वास्थ्य चौकी निर्माणको लागि भारत सरकारको सहयोगमा  स्वास्थ्य मन्त्रालयबाट गरिने छ । कतिपय स्वास्थ्य चौकीहरु निर्माण भैसकेका छन् । चने मति त निर्माण कार्यले गति पाइसकेको छ ।  जसमा एक स्वास्थ्य चौकीलाइ करिव तीन करोड खर्चिएर निर्माण गर्न लागिएको  हो । १३ वटा स्वास्थ्य चौकीलाइ ३९ करोड रकम निकास भएको कार्यालयले जनाएको  छ ।    


Comments