गुठि जग्गाले अझै आवास निर्माणको सम्झौता भएन फटकसिलामा
Posted on: Dec 26, 2017


मेलम्ची नगरपालिका–८ फट्कशिलाका भूकम्पबाट अति प्रभावित स्थानीयबासीसंग सरकारले अझै आवास निर्माणको लागि सम्झौता गरेको छैन् । फट्कशिलाका स्थानीयले भोगचलन गर्दैै आएको अधिकांश जग्गा पशुपति महास्थान गुठीको नाममा भएका कारण उनीहरुले अहिलेसम्म लालपुर्जा नपाएका हुन् । पुस्तौदेखि पशुपति गुठिको जग्गा कमाउंदै आएका फट्कशिलाबासीले अहिलेसम्म लालपुर्जा नपाएको गुनासो गरेका छन् । फट्कशिलामा १२ सय ८४ घरपरिवार रहेकोमा लाभग्राही सूचीमा भने १ हजार ७६ परिवारको नाम समावेश छ । राजधानीमा बस्दै आएका परिवारको लाभग्राही सूचीमा नाम समावेश छ तर फट्कशिलाबासी पीडित परिवारका भने सूचीमा नाम समावेश छैन् । स्थानीय पोडे तामाङले भने,‘हामी सबैले गुठिको जग्गा कामएका हौँ । तर दुई सय ८ परिवारको भने नाम काटिएको छ । हामी न बस्ती छाडेर अन्त गएका छौँ, न त कमाई नगरि बसेका छौँ । दुई सय ८ परिवारलाई भने आवास सम्झौता नगरिंदा समस्या परेको छ ।’ पुस्तौदेखि कमाउदै आएको पशुपति गुठिको जग्गा पुर्जा नपाउंदा घर बनाउन अप्ठ्यारो परेको पीडित परिवारले बताए । पुर्जा नबन्दा आवास समझौता गर्न समस्या परेको छ । उनीहरुले अहिलेसम्म पहिलो किस्ता रकम समेत पाएका छन् । प्रमुख जिल्ला अधिकारी आश्मन तामाङले भने तल्छिनलाई गुठिमै कायम गरिने र मोहीलाई आवश्यक प्रक्रिया पुरा गरेर आवास सम्झौता गरिने बताउनु भयो ।


Comments