दुई लाख पनि छिटै दिए घर बनाउने तरखरमा विस्थापित
Posted on: Dec 26, 2017



चौताराबाट ५ घण्टा पैदल यात्रापछि  पुगिने सेलाङ सेपगाउँका  विस्थापित २२ परिवार काफलेडाँडा आएर बसेको  ३० महिना  वितिसक्दा पनि उनिहरु  पुरानो थातथलो फर्कन सकेको छैनन् ।  ०७२ बैशाख  १२ को भुकम्प पछि   आफ्नो पुरानो थलो छोडेर सेलाङको काफ्लेडाँडामा आएर बसेको  ३० महिना  वितिसक्दा पनि कतिन्जेल अझै यसरी बस्नुपर्ने हो उनीहरु अन्योलमा परेका छन् । 

 आफनो जग्गामा बस्न नसक्ने भएपछि काफलेडाँडामा अरुको जग्गामा बस्दै आएकी  सुकमाया तमाङ  सरकारले दिने भनेको दुई लाख पनि छिटै दिए घर बनाउने तरखरमा छिन् । उनि भन्छिन् स् ुन पुरानो थलोमा फर्कन सकियो न काफ्ले डाँडामा नै घर बनाउन थालियो अहिले उनलाइ घर बनाउने पिरलो छ । भूकम्पपछि वर्षाको झरि र हिँउदको कठयाङग्रीदो चिसोमा दैनिकी विताउन निकै कठिन परेको छ ।  सरकारले दिएको आवास निर्माण रकम नपाएकी सुकुमायालाइ पुरानो आफ्नो थातथलोमा फर्किन निकै डर लागेको छ  । ु

०७२ बैशाख १२,१३ र २९ को भूकम्पले चिरा(चिरा परेको जमिनमा घर बनाएर बस्न नसक्ने अवस्थामा छिन सुकुमाया १ यसरी पीडा भोग्ने सुकुमाया एक्ली भने होइनन्  । सेप गाउँका अरु घर परिवारले समेत यस्तै पीडा भोग्नु परेको गुनासो गरीरहेका छन ।  लवाङ लामाको पिडा पनि  अरुको भन्दा अलि बढि नै छ ।   भुकम्पले अरुको त घर मात्र लग्यो तर उनको ७ जना बच्चाहरु पनि लग्यो । 

आफुले खाइ नखाइ र्हुकाएको बच्चा दैवले लगेपछि उनको मनमा कम्ती पीडा छैन  ।  उनी  भक्कनिदै भुकम्पपछिको आफ्नो दुखको कथा जस्तै बनेको दैनिकी सुनाउँछिन् । बच्चाहरुसँगको  विछोडको पीडा त छदै छ त्यसमाथि आफनो घरदेखि टाढा अरुको जग्गामा बस्नुपर्दाको पिडा त्यो भन्दा कम छैन उनलाई ।   
 अरुकै जग्गा त्यसमाथि स्याउलाकै छानो र स्याउले नै बारेको   सानो छाप्रोमा कष्टकर दैनिकी विताइरहेकी छिन ।  भएको जग्गा थिलथिलो भएको छ त्यहि गएर बस्न सक्ने अवस्था नभएको सुनाउछिन लवाङ । सरकारले दिने भनेको आवास निर्माण रकम अहिले सम्म  नपाएको उनले सुनाइन् ।

पुरानो थलोमा भएको जग्गाबाट आवास सम्झौता नहुने भएपछि अहिले सेपगाउँमा बसेका ती विस्थापित परिवार आवास निमार्णको अन्यौलमा परेका छन् । उता सरकारको काम कछुवाको गतिमा छ भने चिसोमा टहरो मुनी बस्नेको समस्या पीडित परिवारमा झनझन बढदै  गएको छ ।  
सेलाङ सेपगाउ बस्नका लागि असुरक्षीत भएको सुझाव भुगर्वविद्रले दिएपछि सेपगाँउबासिलाई हाल अस्थायी रुपले बसिरहको काफलडाँडे मै घर निर्माणको लागि जग्गा दिने र उनीहरुको पुरानो थलोको  जग्गालाइ  सामुदायिकरण गर्ने विषयमा  जुगल गाउँपालिकाले कदम  चलाइसकेको  छ । भुकम्प पछि शरण लिएर बसेको काफलेडाँडा छाड्रनु नपर्ला र सानो टुक्रा जग्गा आफ्नो नाममा पनि आउला भनि लवाङ लामालाई खुसि लागेको छ ।  तर सरकारले अझैसम्म यसको टुंगो लगाएको छैन । चिसोमा टहरो मुनी बस्नेको समस्या झनझन बढदै छ । 

विस्थापितलाई जग्गा खरिदका लागि सरकारले २ लाख रुपैयाँ छुट्याएको छ । त्यो पैसा पाए  काफलेडाँडामा नै जग्गा लिएर घर बनाउने योजना छ लखन लामाको । उनि  सेपगाउँबाट विस्थापित भएर काफलेडाँडामा आएर बस्न परेको पीडा सुनाए । पुरानै ठाँउमा फर्केर घर बनाउन सहज छैन । जमिन फाटेर चिरा परेको मात्र हैन पहिरोको जोखिम पनि उत्तिकै बढेको छ  । विस्थापित परिवारलाइ पुरानो थलोमा राख्न सकिने नसकिने विषयमा अध्यान गर्न आएका भुगर्भविदले सेपगाउँ बस्न नहुने सुझाव दिएपछि उनिहरुलाइ अहिले काहाँ घर बनाउने भन्ने चिन्ता मात्रै छैन् पुस्तौको थलो छोडदा समस्या हुने बताउँन थालेका छन् ।

 सेपगाउँको अध्यान गर्न  आएको भुगर्वविद्को टोलीले सेपगाउ असुरक्षीत छ भनेपछि लखन लामाले सेपगाउँ नफर्कने निर्णय  र काफ्ले डाँडामा धो बस्ने  निधो गरेका छन् । सेपगाउँमा घर बनाउन असुरक्षित भनेपछि काफ्लेडाँडामै जग्गा पाउने आशामा बसेका छन् सेपगाउँका भूकम्प प्रभावितहरु । जुगल गाउँपालिका तापगाउँका पीडित चेत बहादुर लामा पनि बस्छन् काफ्ले डाँडामा  उनि भन्छन् सरकारले हामीलाइ हटाउन खोजेपनि आफुहरु त्यस ठाउँबाट पुरानो ठाउँमा नफर्कने बताउँछन् । उनको छिमेकिमा भएका १७ घरपरिवारले असुरक्षित भनेको तापगाउँमा नयाँ घर बनाएर बसेका छन् । 

काफलेडाँडाको पारीभित्तो तापगाउँलाई भुगर्वविद्रले बस्नका लागि असुरक्षीत स्थल भनेर तोकेका छन् । तर त्यहाँ १७ परीवारले घर बनाएर बसेका छन् । राष्ट्रिया पुननिमार्ण प्राधिकरणले असुरक्षित स्थानमा रहेका र बस्ती स्थानान्तरणको  सुचिमा उनीहरुको नाम पनि सार्वजनिक गरेको छ । तर उनिहरु  आाफुहरुले घर बनाईसक्यौ भन्दै सर्न मानिरहेका छैनन् । जुगल गाँउपालिकाका उपाध्यक्ष शृजना तामाङ भन्छिन ‘हामीले  तापगाउँका स्थानीयलाइ असुरक्षित ठाउँ भन्दा समेत उनिहरुले नमानेर घर बनाएको बताइन् । 

पुननिमार्ण प्राधिकरणले वस्ती स्थानान्तरणको लागि तोकिएकाहरुलाइ  कसरी ब्यवस्थापन गर्ने भन्ने अलमलमा परेका  स्थानीयलाई तथ्याङक संकलनमा आफनो स्थान छुटाएको ,प्राथमिकता नदिएको भन्दै गुनासो राख्ने विस्थापितहरु पनि कम छैनन् । ईन्द्रावति गाउपालिका १ बसेरीका राज दोङ अरुको जमिन चिराचिरा भएकोे देख्नेले हाम्रा जमिनलाई चाहिँ किन सध्ये देख्यो रु भन्दै प्राधिकारणसगँ असन्तुष्ट पोख्दै आएका छन् । 

विभिन्न  गैरसरकारी संस्थाले गरेको अध्ययन  तथा प्रतिवेदन अनुसार अहिले पनि सिन्धुपाल्चोकमा  ६सय ६ घरपरिवार  परिवार विस्थापित भइ  अर्काको जग्गामा टहरो बनाएर बसिरहेका छन् । जोखिम युक्त बस्तिमा रहेका वा विस्थापित भएर अन्यत्र बसेकाहरुलाई सरकारेले जग्गा खरिदका लागि थप  २ लाख अनुदान दिने बताएको छ । त्यस्तै १० घर भन्दा बढी मिलेर एकिकृत वस्ती निमार्ण गर्न चाहे भुगर्भविदले अध्ययन पछि वस्ती बनाउन सकिने जानकारी दिएका छन् ।  ,सिन्धुपालचोकका कार्यरत  भुगर्वविद लेख प्रसाद भट्टले भने ‘ हामीले जिल्लामा भएका असुरक्षित र बस्न नहुने सबै ठाउँको बारेमा अध्यान गरेर विभिन्न सथानको बस्तीलाइ स्थानतरण गर्न पर्ने सुझाव दिएको बताए । 

राष्ट्रिया पुननिमार्ण प्राधिकरणले सिन्धुपाल्चोकमा २ सय ७३ परीवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने भनि नाम पठाई सकेको छ ।  बलेफी गांउपालिका खमारेका २२ परिवार ,बाह्विसे नगरपालिका रुम्तीका १७ परिवार , भोटेकोसी गाउपालिका लिस्तिकोट ,मार्मिङ ,तातोपानी लिपिङका १२४ परिवार ,हेलम्बु गाउपालिकाका ६ परिवार ,जुगल गाउपालिकाको बराम्ची बेथे ,गुम्बा सेपगाउ ,सेलाङ काल्चेका ९६ परिवार र पांचपोखरी थाङपालधाप गाँउपालिकाको सिगार्चेका ८ परिवार रहेका छन् । पुननिमार्ण प्राधिकरण जिल्ला कार्यलयले असोज ९ गतेबाट सबै गाउपालिका र नगरपालिकामा विस्थापीतले भर्नुपर्ने फाराम पठाई सकेका बताएको छ । तर अहिलेसम्म ३० वटाको हाराहारीमा मात्र निवेदन कार्यलय सम्म आईपुगेको छ ।  

सिन्धुपाल्चोक जिल्लामा रहेका विस्थापितहरुमध्ये केही सार्वजनिक जग्गामा र केही आफन्तको जग्गामा बसिरहेका छन् । जोखिम युक्त वस्ती स्थानान्तरणका लागि तोकिएको कार्यविधिमा जग्गा खरिदको लागि ठाउँ कित्ता नम्बर सहित जग्गाधनीको मन्जुरी सहित फारम भर्नु पर्ने हुन्छ । अनुदान रकम लिने पक्रियागत जटिलता पुरा गरि जग्गा खरिद अनुदान दुई लाख पाउँन नसकेपछि कतिपय प्रभावित जोखिम युक्त ठाउँ मै बाध्य भएर  फर्केका छन । कतिपय भने सरकारी अनुदान र सहयोगको प्रतिक्षामा टहरो मै दिन विताइरहेका छन् । तर स्थानीमा तहमा निर्वाचित जनप्रतिनिधिलाइ पुननिर्माणको राम्रो ज्ञान नहुदाँ पुननिर्माणको काम सुस्ताएको छ । 

 


Comments