​सिन्धुपाल्चोकका स्थानिय तहका स्वास्थ्य संस्था स्थानिय तहलाइ नै हस्तान्तर
Posted on: Dec 27, 2017


स्थानीय तहका स्वास्थ्य संस्था स्थानीय तहलाइ हस्तान्तरण गरीएको छ । एक  कार्याक्रमको आयोजना गर्दै १२ वटै स्थानीय तहका प्रमुखलाई सम्बन्धीत गाउँपालिकामा पर्ने स्वास्थ्य संस्थाहरुको नाम सहित उल्लेख गरि मंगलवार  फाइल हस्तान्तरण गरीएको हो ।
स्थानीय तह निर्वाचन सकिए लगत्तै सरकारले सबै जिम्वेवारी स्थानीय तहमा दिएको  छ । स्थानीय तहमा दिएको अधिकार सगँै स्वास्थ्य मन्त्रालयले  ०७४ भदौ ११ गते जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहलाइ हस्तान्तरण  गर्न भन्दै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयलाइ  गरेको परिपत्र अनुसार स्थानीय विकास मन्त्रालयले भदौ २१ गते जिल्ला स्वास्थ्य सिन्ध’पाल्चोकलाइ पत्र पठाएको हो । तर स्थानीय तहलाइ संस्था हस्तान्तरण गर्न गत मसिंर १० र २१ ग्ते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनले केहि ढिलाइ भएको  जिल्ला स्वास्थ्य प्रमख पोमावती थापाले बताउनुभयो । 
अधिकारहरु गाँउ तहसम्म पु¥याउने संवैधानीक निति अनुसार स्वास्थ्य संस्थाको जिम्मेवारी गाँउ तथा नगरपालिकालाई दिइएको जिल्ला समन्वय समितीका संयोजक गोपाल तामाङले बताउनुभयो । ‘अब जिल्लाका अधिकार गाँउमा गएको र सदरमुकाम चौतारामा मानिसको चहलपहल घट्दै गएको  तामाङले भन्नुभयो ।, 
स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्दै जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले अब स्थानीय तहले नै स्वास्थ्य संस्थालाई आबश्यक पर्ने औषधी, उपकरण तथा जनशक्ति व्यवस्था गर्नुपर्ने जानकारी दिनुभएको हो् । यसबाट स्वास्थ्य संस्थाहरुमा जनताले सहजै सेवा पाउनेमा थापाले विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा जिल्लाका ३ वटै नगपालिका र ९ वटै गाँउपालिकाका प्रमुखहरुको उपस्थिती थियो  । इन्द्रावती गाँउपालिकाका प्रमुख बंशलाल तामाङले अब बाल मृत्युदर, मातृ मृत्युदर लगाएतका घटनामा कमी ल्याउनुपर्नेमा जोड दिनुभयो ।  । 
अब स्थानीय स्वास्थ्य संस्था स्थानीय तहमा नै गइसकेपछि स्थानीय जनताले केन्द्रमा रहेको अधिकार गाँउमा आएको अनुभुती गर्न पाउने र स्थानीयले सहज सुविधा पाउनेमा पनि सबैले विश्वास राखेका छन् । यसबाट दुर दराजका जनताले पनि सहज र समान रुपमा स्वास्थ्य सेवा पाउनेमा आशावादी भएका छन् । 


Comments